Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रसुवागढीकाे सुरुङ थुनिएको होइन, पहिरो पनि गएको छैन : आयोजना प्रमुख गैरे

ऊर्जा खबर असार ०६, २०७६   4423

खबर



काठमाडौं– रसुवामा निर्माणाधीन एक सय ११ मेगावाट रसुवागढी जलविद्युत आयोजनाको सुरुङ प्रवेशमार्गमा पहिरो नभएको आयोजनाले स्पष्ट पारेको छ । सुरुङको मुख थुनिएर कामदार थुनिएको विषय पनि गलत रहेको पनि प्रस्ट्याइएको छ ।

बिहीबार राती साढे ८ बजेतिर विद्युतगृहभन्दा माथिबाट ढुंगा खसेर विद्युतको पोलमा लाग्दा लाइन विच्छेद भएको आयोजना प्रमुख छवि गैरेले बताए । ‘ढुंगा खसेर बिजुलीको पोलमा लाग्यो र लाइन विच्छेद भयो,’ उनले ऊर्जा खबरसँग भने, ‘वरिपरि अँध्यारो हुँदा ठूलो पहिलो गयो भन्ने आशंका भयो तर त्यस्तो केही पनि होइन ।’

सुरुङभित्र रात्री समय (नाइट सिफ्ट) मा काम गर्न ६ चिनियाँसहित १७ कामदार रहेको र उनीहरूलाई कुनै असर नगरेको गैरेले प्रस्ट पारे । ‘भित्र बिजुली थियो, अक्सिजन आपूर्तिमा कुनै समस्या थिएन,’ उनले थपे, ‘उनीहरू काम गरिरहेकै थिए ।’ सुरुङ प्रवेशद्वारमा पनि कुनै समस्या नरहेको उनले बताए ।

आयोजनास्थल भौगोलिकरूपले कमजोर भएकाले बर्खा वा हिउँदमा सामान्य पहिरो गइरहन्छ । हिउँदमा पनि सुख्खा पहिरो जाने गरेको छ । आयोजनाले पर्खाल लगाएर सुरक्षित गर्दै आएको छ । यो काम भविष्यमा पनि निरन्तर गरिरहनुपर्ने देखिन्छ ।

ठूलो पहिरो वा ढुंगा खस्ने आशंकले राती करिब डेढ बजे नै १७ कामदार बाहिर निकालिएको चिलिमे जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद कोइरालाले बताए । ‘बाहिर हल्ला भएजस्तो केही भएको होइन,’ उनले भने, ‘सामान्य ढुंगा खसेर बिजुलीको पोलमा लागेर बाहिरी क्षेत्रको लाइन काटिएको मात्र हो । अहिले सबै कामदारले काम गरिहरेका छन् ।’

२०७२ सालको भूकम्प र नाकाबन्दीले आयोजनामा गम्भीर क्षति पुर्याएको थियो । त्यतिबेला एक जना कामदारको मृत्युसमेत भएको थियो । विद्युत उत्पादनको लक्षित तालिका गुज्रे पनि सन् २०१९ को डिसेम्बरसम्म आयोजनाबाट विद्युत उत्पदान गर्ने लक्ष्य छ । अहिलेसम्म आयोजनाको करिब ७५ प्रतिशत निर्माण पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="