Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

भोटेकोसी बाढीले रसुवागढीको बाँध क्षेत्र ध्वस्त

ऊर्जा खबर भदौ ०२, २०७६   2766

जलविद्युत



काठमाडौं– भोटेकोसी नदीमा हिजो राती (आइतबार) एक्कासी आएको बाढीले १ सय ११ मेगावाट रसुवागढी जलविद्युत आयोजनाको बाँध क्षेत्र ध्वस्त भएको छ । बाढीका कारण हेडवर्क्स, कफर ड्यामलगायत संरचनामा क्षति पुर्याएको हो ।

बाँध क्षेत्रका संरचना बाढी भत्काएको तथा क्षतविक्षत भएको आयोजनाले जानकारी दिएको छ । अब आयोजनाबाट विद्युत उत्पादन हुने अवधि समेत प्रभावित हुने देखिएको छ ।

ad

चीनमा ठूलो पानी परेकाले नदीमा ठूलो बाढी आएको पनि आयोजनाले जानकारी दिएको छ । नेपालतर्फ भने खासै पानी परेको छैन । चीन सिमाना भन्दा करिब ४ सय मिटर तल आयोजनाको बाँध निर्माणा भइरहेको छ ।

याे पनि पढ्नुहाेस्

भोटेकोसीमा भीषण बाढी, रसुवागढीको हेडवर्क्स, पेनस्टक र कफर ड्याम बगायो

 

प्रतिक्रिया दिनुहोस