Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रसुवागढी र सान्जेनकाे साधारण सेयर आवेदन खुल्यो

ऊर्जा खबर बैशाख ०६, २०७६   2801

सेयर



काठमाडौं– रसुवागढी हाइड्रो पावर र सान्जेन जलविद्युत कम्पनीकाे साधारण सेयर आवेदन खुलेकाे छ । दुवै कम्पनीले शुक्रबारबाट रसुवामा निर्माणाधीन ३ आयाेजनाकाे साधारण सेयर बिक्री खुलाएका हुन् । सरकारकाे  ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत सेयर निष्कासन गरिएकाे हाे ।

रसुवागढीले निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको सय रुपैयाँमा अंकित १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता सेयर निष्कासन गरेकाे छ । निष्कासन भएकाे सेयरमध्ये ४ लाख १० हजार ५ सय २६ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि र ५ लाख १३ हजार १ सय ५७ कित्ता सामुहिक लगानी कोषका लागि हुट्याइएको छ । बाँकी ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता खरिद गर्न सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

यसैगरी, सान्जेनले निर्माणाधीन ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको ५४ करोड ७५ लाख रुपैयाँ मूल्यको ५४ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेकाे छ । निष्कासन भएकाे सेयरमध्ये २ लाख ७३ हजार ७ सय ५० कित्ता सामुहिक लगानी काेषका लागि र २ लाख १९ हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको छ ।  ४८ लाख ८२ हजार २ सय ५० कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएकाे छ ।

दुवै आयाेजनामा लगानी गर्न इच्छुक लगानीकर्ताले छिटोमा बैशाख १० गते तथा  ढिलोमा जेठ ५ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सर्वसाधारणले दुवै कम्पनीकाे सेयर भर्न न्युनतम १० कित्तादेखि आवेदन दिन पाउनेछन् । रसुवागढीकाे अधिकतम ५ हजार र सान्जेनकाे २ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

जनताकाे जलविद्युत कार्यक्रममा समावेश गरिएका दुवै कम्पनीका आयाेजनाकाे भाैतिक प्रगति ७० प्रतिशत नाघिसकेकाले प्रतिकित्ता सेयरकाे सतप्रतिशत रकम लिने गरी आवेदन लिइनेछ ।

दाेस्राे चरणकाे साधारण सेयर निष्कासन गरी बाँडफाँड गरेपछि रसुवागढीले स्थानीयका लागि छुट्याइएको ६८ लाख ४२ हजार १ सय कित्ता सेयर निष्कासन गर्नेछ । सान्जेनले पनि स्थानीयका लागि ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ ।

रसुवागढीले सेयर निष्कासन गरी बाँडफाँड गर्न बिक्री प्रबन्धकमा  सिद्धार्थ क्यापिटल र सह–बिक्री प्रबन्धकमा एनआइबीएल एसीइ, ग्लोबल आइएमइ र सनराइज क्यापिटललाई तोकेको छ । यसैगरी, सान्जेनले बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह–बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबी क्यापिटलाई चयन गरेको छ ।

दोस्रो चणरणमा आयोजना प्रभावित स्थानीयको सेयर निष्कासन गर्ने तय भए पनि जिल्ला समन्वय समिति रसुवाले सम्बन्धित सरोकारवालाकाे सहमति अनुसार दुवै कम्पनीले स्थानीयभन्दा अघि साधारण सेयर निष्कासन गर्न नेपाल धिताेपत्र  बोर्डमा आवेदन दिएका थिए ।

दुवै कम्पनीले यसअघि कर्मचारी संचय कोषमा रकम जम्मा गर्ने संचयकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारीका लागि छुट्याइएको सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="