Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६५१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९६३२ मे.वा. घन्टा
  • भारत : ५६४७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २५९३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रसुवागढीको सेयर भाग्शालीले ५० कित्ता पाए, सान्जेनमा २० मात्रै

ऊर्जा खबर बैशाख १, २०७६   1289

सेयर



काठमाडौं– रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको साधारण सेयर खरिद गर्न आवेदन दिने सबैले पाएका छन् । दुई कम्पनीले रसुवामा निर्माण गरिरहेका ३ जलविद्युत आयोजनामा लगानी गर्न आवेदन दिएका सबै सर्वसाधारणलाई सेयर बाँडफाँड गरिएको हो ।

निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा लगानी गर्न १० देखि ४० कित्तासम्म आवेदन दिने सबैलाई मागे बमोजिमको सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिम्सिनाले बताए । उनका अनुसार ५० देखि ५ हजार कित्ताका लागि आवेदन सबैलाई ४० कित्ताका दरले बाँडफाँड गरिएको छ ।

गोला प्रथामा छनोट भएका ५० देखि ५ हजार कित्तासम्म आवेदन दिने २५ हजार ६ सय ९३ जना भाग्शाली आवेदकले थप १० कित्तासहित ५० कित्ता सेयर पाएका छन् । थप १० कित्ता बाँडेर बाँकी रहन आएको ७ कित्ता सेयर पनि ७ जनालाई एक एक कित्ताका दरले बाँडफाँड गरिएको तिम्सिनाले बताए ।

गत बैशाख ६ गतेदेखि बिक्री खुला भएको रसुवागढीमा ३ लाख २ हजार ३ सय ४३ आवेदन परेको थियो । जसमध्ये रित नपुगेका ११ हजार ७१ जनाको आवेदन अयोग्य देखिएको थियो । कम्पनीले सर्वसाधारणका लागि ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता सेयर निष्कासन गरेको थियो ।

यस्तै, सान्जेन जलविद्युत कम्पनीको सेयर खरिद गर्न आवेदन दिने सबैले १० कित्ता पाएका छन् । निर्माणाधीन १८.६ मेगावाटको माथिल्लो सान्जेर र ४२.५ मेगावाटको सान्जेन आयोजनामा लगानी गर्न आवेदन दिएका सबै २ लाख ८८ हजार ८ सय ९७ जनाले सेयर पाएका हुन् ।

सान्जेनमा १० देखि २ हजार कित्ताका लागि आवेदन दिनेलाई १० कित्ताका दरले बाँडफाँड गरेर बाँकी रहेको २० लाख ९३ हजार २ सय ८० कित्ता गोला प्रथाबाट छनोट भएका भाग्यशाली आवेदकलाई थप १० कित्ताका दरले बाँडफाँड गरिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ ।

२ सय ९ हजार ३ सय २८ जना भाग्यशालीले २० कित्ता पाएका छन् । सान्जेनले सर्वसाधारणका लागि ४९ लाख ८२ हजार २ सय ५० कित्ता सेयर निष्कासन गरेको थियो । दुवै कम्पनीले अब तेस्राे चरणमा आयोजना प्रभावित रसुवाका स्थानीयका लागि छुट्याइएको सेयर निष्कासन गरेर बाँडफाँड गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="