Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५३५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ११३५३ मे.वा. घन्टा
  • भारत : १०८० मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०९६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रसुवागढी र सान्जेनले उचाले सेयरबजार, इतिहासकै बढी कारोबार

ऊर्जा खबर श्रावण २३, २०७६   6046

सेयर



काठमाडौं– दुई दिनअघि मात्र सूचीकृत भएर दोस्रो बजारमा कारोबार भएको रसुवागढी हाइड्रो पावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनीको सेयर बिहीबार सबैभन्दा बढी कारोबार भएको छ ।

दुवै कम्पनीका कारण बजारमा इतिहासमै सबैभन्दा बढी सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन् (नेप्से) ले जानकारी दिएको छ । ती कम्पनीको सेयर साउन २० गते (सोमबार) नेप्सेमा सूचीकृत भएको थियो ।

ad

नेप्से अनलाइन कारोबार प्रणाली मार्फत बिहीबार धेरै संख्यामा कारोबार भएको र यसमा रसुवागढी र सान्जेनको योगदान बढी रहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । उनका अनुसार बिहीबार २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँ बराबरका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भएको छ ।

बिहीबारको कारोबार संख्यामा रसुवागढीको कारोबार संख्या १२ हजार ५ सय ९ र सान्जेनको ११ हजार ९ सय ९१ रहेको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="