Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रसुवागढी र सान्जेनको सेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबार हुने

ऊर्जा खबर श्रावण २०, २०७६   2939

सेयर



काठमाडौ-रसुवागढी हाइड्रो पावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनीले मंगलबारबाट दोस्रो बजारमा सेयर कारोबार सुरु गर्ने भएका छन् । रसुवामा ३ जलविद्युत आयोजना निर्माण गरिहेका यी कम्पनीले नेपाल स्टक एक्सचेन्स (नेप्से) मा सेयर सूचीकृत गरेर कारोबार सुरु गर्न लागेका हुन् ।

ad

दुवै कम्पनी र नेप्सेबीच सोमबार दोस्रो बजारमा सेयर सूचीकृत सम्झौता भएको छ । सम्झौता अनुसार रसुवागढीले सय रुपैयाँ अंकित ६ करोड १५ लाख ७८ हजार ९ सय कित्ता र सान्जेनले ३ करोड २८ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको छ ।

रसुवागढीको सूचीकृत भएको सेयरमध्ये सर्वसाधारणको १ करोड २ लाख ६३ हजार १ सय ५० र संस्थापक सेयर ३ करोड ४८ लाख ९४ हजार ७ सय १० कित्ता छ । कर्मचारी संचय कोषमा रकम संचित गर्ने सञ्चयकर्ता, कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी र संस्थापक संगठित संस्थाका कर्मचारीको १ करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर पनि सूचीकृत भएको नेप्सेले जनाएको छ । रसुवागढीको सेयर प्रतिकित्ता ९७.२९ देखि २९१.८७ रुपैयाँको सीमाभित्र कारोबार हुने नेप्सेले जनाएको छ ।

यस्तै, सान्जेनले सूचीकृत गरेको सेयरमध्ये सर्वसाधारणको ५४ लाख ७५ हजार कित्ता , कम्पनीलाई ऋण दिने संस्थाका कर्मचारीको ३ लाख ६५ हजार कित्ता र संस्थापक सेयरधनी संस्थाका कर्मचारी १२ लाख ७७ हजार ५ सय कित्ता सेयर छ । संचय कोषमा रकम संचित गर्ने संचयकर्ता कर्मचारीको पनि ७१ लाख १७ हजार ५ सय कित्ता सेयर सुचिकृत भएको छ ।

सूचीकृत भएको सेयर कारोबार मंगलबारबाट सुरु हुनेछ । सान्जेनको सेयर कारोबार ९६.३२ देखि २८८.९६ रुपैयाँको सीमाभित्र हुने नेप्सेले जनाएको छ । रसुवागढीले गत साउन १४ र सान्जेनले १५ गते सेयर सूचीकृतका लागि नेप्सेमा आवेदन दिएका थिए ।

चिलिमे जलविद्युत कम्पनीका सहायक यी दुई कम्पनीको सेयर कारोबार सुरु भएपछि दोस्रो बजारमा तरलता उत्पन्न भइ लगानीकर्ताको मनोबल बढ्ने अपेक्षा नेप्सेले गरेकाे छ । निष्कासन तथा बाँडफाँड भएको झन्डै साढे ३ महिनापछि यी दुई कम्पनीको सेयर पुँजी बजारमा सूचीकृत भएको हो ।

नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी भन्ने नारासहित नेपाल सरकारले जनताको जलविद्युत आयोजना कार्यक्रम अन्तर्गत यी दुई कम्पनीको साधारण सेयर जारी गरेको थियो ।

रसुवागढीले १ सय ११ मेगावाटको रसुवागढी तथा सान्जेनले ५७.३ मेगावाटको सान्जेन र माथिल्लो सान्जेन निर्माण गरिरहेको छ । यी आयोजना निर्माणको अन्तिम चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="