Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रसुवागढी र सान्जेन साधारण सेयर, ६ लाख आवेदकबाट ३ अर्ब संकलन

ऊर्जा खबर बैशाख १२, २०७६   2492

सेयर



काठमाडौं– रसुवागढी हाइड्रो पावर कम्पनी र सान्जेन जलविद्युत कम्पनीको सेयर भर्ने अन्तिम दिन बिहीबारसम्म ६ लाखभन्दा बढी आवेदकबाट ३ अर्ब रुपैयाँ संकलन भएको छ । कार्यालयस समयसम्म उक्त रकम संकलन भएको हो ।

सेयर भर्ने अन्तिम दिन दुवै कम्पनीका लागि ६ लाख ११ हजार आवेदकबाट ३ अर्ब १७ करोड रुपैयाँ संकलन भएको छ । रसुवागढी र सान्जेनका लागि क्रमशः ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता र ५४ लाख ७५ हजार कित्ता खरिद गर्न आवेदन मागिएको थियो । दुवै कम्पनीको सेयर भर्न बुधबार र बिहीबार दुई दिन समय थप गरिएको थियो ।

सान्जेनका लागि ३ लाख ४ हजार आवेदकबाट १ करोड ४१ लाख कित्ताका लागि आवेदन परेको छ । यसबाट १ अर्ब ४१ करोड रुपैयाँ संकलन भएको छ । यस्तै, रसुवागढीका लागि ३ लाख ७ हजार आवेदकबाट १ करोड ७६ लाख कित्ताका लागि आवेदन परेको छ । यसबाट १ अर्ब ७६ करोड रुपैयाँ संकलन भएको छ ।

दुवै कम्पनीले नियमित प्रक्रियाबाट साधारण सेयर निष्कासनको तयारी गरे पनि अन्तिम समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ मा राख्न लगाएका थिए । दुवै कम्पनीले रसुवामा १ सय ११ मेगावाटको रसुवागढी र ५७.३ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="