विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पुनर्निर्माण प्राधिकरणले ४ एकीकृत बस्ती निर्माण गर्ने

ऊर्जा खबर असोज २१, २०७५ 1334

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४ एकीकृत बस्ती निर्माण गर्ने प्रारम्भिक योजना स्वीकृत गरेको छ । प्राधिकरण कार्यसमितिको अाइतबार बसेकाे बैठकले याेजना स्वीकृत गरेकाे हाे ।

ओखलढुङ्गाकाे मलेखु गाउँपालिका-३, फुयाल गाउँ र सिन्धुपाल्चोककाे चौतारा साँगाचोकगढी नगरपालिका-१४, झ्याडीटोलमा नमूना बस्ती निर्माण गरिने भएकाे छ । अाेखलढुङ्गामा फुयाल गाउँ एकीकृत नमूना बस्ती र सिन्धुपाल्चाेकमा  झ्याडीटोल एकिकृत माझी बस्ती निर्माण गर्ने प्राधिकरणकाे याेजना छ ।

फुयालगाउँमा १२ र झ्याडीटोल ५६ घरधुरीकाे एकिकृत बस्ती निर्माण गर्ने याेजना रहेकाे प्राधिकरणले जनाएकाे छ ।

यस्तै, सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका- १२ काे गिरान्चौरमा सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजना र काठमाडौंकाे शंखरापुर नगरपालिका-७ काे पुखुलाछिमा सिर्जनशील एकीकृत बस्ती निर्माण गर्ने प्रारम्भिक योजना पनि बैठकले स्वीकृत गरेको छ । गिरान्चौरमा १ सय ३५ र सिर्जनशिल एकीकृत बस्तीमा १६ घर  निर्माण हुनेछन् ।

 ३ लाख ५ हजार घरकाे पुनर्निर्माण

२०७२ काे विनासकारी भूकम्पबाट क्षतिग्रस्त ३ लाख बढी घरकाे पुननिर्माण पूरा भएकाे छ । प्राधिकरणकाे पछिल्लाे तथ्याङ्क अनुसार ३ लाख ५ हजार ८ सय ८३ निजी आवासको पुनर्निर्माण सम्पन्न भएकाे हाे ।  २ लाख ५१ हजार ५ सय २७ घर निर्माणाधीन रहेकाे प्राधिकरणले जनाएकाे छ । अन्य  ७ लाख २६ हजार ९ सय १७ परिवारसँग निजी अावास निर्माण गर्ने सम्झाैता भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="