Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

भूकम्पबाट क्षति पुगेका ७० सरकारी भवनकाे पुनर्निर्माण

ऊर्जा खबर श्रावण १५, २०७६   839

पुनर्निर्माण



काठमाडाैं- २०७२ साल बैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति पुगेका  ७० वटा  सरकारी भवन पुनर्निर्माण भएका छन् । सरकारी स्राेत र एसियाली विकास बैंक (एडिबी) काे ऋण सहयाेगमा यी भवन पुनर्निर्माण गरिएकाे हाे ।

सरकारको स्रोतका ३० र एडिबीकाे ऋण सहयाेगका ४०  भवनकाे पुनर्निर्माण सकिएकाे   पुनर्निर्माण प्राधिकरणकाे आयोजना कार्यान्वयन इकाई (भवन) का  निर्देशक नवराज प्याकुरेलले बताए । उनका अनुसार सरकारको स्रोतबाट पुनर्निर्माण भइरहेका बाँकी २१ वटा चालु वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

ad

 एडिबीको ऋण सहयोगमा पुनर्निर्माण भइरहेका बाँकी २९  भवनकाे काम पनि पुससम्ममा सम्पन्न हुने उनले बताए । पुनर्निर्माण तथा प्रवलीकरण गर्न बाँकी रहेका संरचनाहरुकाे प्रक्रिया थालिएको छ ।

भवन निर्माण गर्न साझा प्रकाशन, गोरखापत्र संस्थान, रेडियो नेपालको भवनको सम्झौता सम्पन्न भएको छ । सिंहदरबार पश्चिम गेटको दुवैतर्फका भवनको टेण्डर आह्वान गरिएको उनले बताए ।

भारतीय ऋण (एक्जिम बैंकमार्फत्) सहयोगमा पुनर्निर्माण हुने ललितपुरस्थित एकीकृत प्रशासनिक भवनको सार्वजनिक खरिदको सूचना प्रकाशन भएको छ । सोही ऋण सहयोगमा बन्ने गोरखा, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, ओखलढुंगा तथा सोलुखुम्बुका कारागारहरुको प्रक्रिया बढाउनका लागि गृहकार्य भइरहेकाे प्राधिकरणले जनाएकाे छ ।

सिंहदरबारको पश्चिमबाहेक तीनवटै खण्डको प्रवलीकरण भइरहेकाे छ । पश्चिम भागका लागि प्राधिकरणले बोलपत्र प्रकाशित गरेकाे छ ।बाल मन्दिर, केशरमहल तथा केन्द्रीय कानून पुस्तकालय भवनहरुको प्रवलीकरणको पनि बोलपत्र प्रकाशित भएको छ ।

राष्ट्रपति कार्यालय (शीतल निवास), यसअघि उपराष्ट्रपतिको कार्यालय रहेको बहादुर भवन एवं घण्टाघरसँग जोडिएको त्रिचन्द्र कलेजको भवनहरु प्रवलीकरणको डिजाइन चरणमा रहेकाे प्याकेरेलले जानकारी दिए । नेपाल राष्ट्र बैंकका बालुवाटार र थापाथलीस्थत भवन निर्माणाधीन छन् ।

भूकम्पबाट आंशिक क्षति भएका मर्मतयोग्य २ सय ५३ संरचनाको मर्मत सम्पन्न भइसकेको छ । सरकारी भवन पुनर्निर्माण गर्न अहिलेसम्मममा ८ अर्ब २८ करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="