Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘निरन्तर विद्युत आउँदा दैनिकी सहज भएको छ’

ऊर्जा खबर श्रावण २४, २०७६   467

बिजुली गफ



काठमाडौं– शोभा उपाध्याय ललितपुरकी स्थायी बासिन्दा हुन् । पेसाले उनी ३ वर्षदेखि कुसुन्तीमा बस्दै आएकी छन् । उनको घरमा परिवार र भाडामा बस्नेसहित १५ जना बस्छन् ।

घरमा विद्युतबाट चल्ने दैनिक समान धेरै छन् । जसमा २ वटा फ्रिज, ३ वटा एलसिडी टिभी, ३ वटा राइसकुकुर, ३ वटा चिया पकाउने जग, ३ वटा आइरन, २ वटा हेयरस्ट्रेड, एउटा पानी तान्ने पम्प, २ वटा ग्रान्डर, मोबाइल चार्जिङ लगायत समान दैनिक चल्छन् ।

ad

दैनिक १० वटा ट्युव लाइट र करिब २० वटा वाल लाइट बल्छन् । यी सबै उपकरण प्रयोग गर्दा उपाध्यायले नेपाल विद्युत प्राधिकरणलाई मासिक करिब १५० युनिटको महसुल तिर्ने गरेकी छन् ।

उनका अनुसार देशमा लोडसेडिङमुक्त हुनुभन्दा पहिले विद्युतीय उपकरण चलाउन धेरै समस्या थियो । बत्ती दैनिक आउन थालेपछि समस्या हटेको छ । लोडसेडिङको समयमा पानी तान्न, लुगामा आइरन लगाउन समस्या थियो ।

लोडसेडिङ हुने समय तोकिए पनि त्यो समयमा बत्ती नजाने जस्ता समस्या थिए । लाइनको पानी दैनिक आउँथेन । केही दिन वा हप्तामा आउँथ्यो । धेरै जसो पानी आउने समयमै बत्ती जाने गरेको थियो । अहिले त्यस्तो समस्या छैन् । विद्युतीय लाइन, फिडर वा कुनै ठाउँमा केही समस्या भयो भने मात्र बत्ती जाने गरेको छ ।

(उपाध्याय, ललितपुर कुसुन्तीकी स्थायीबासी हुन्)

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="