Urja Khabar - Nepal's No. 1 energy based online portal.

विद्युत आपूर्ति

  • प्राधिकरण : ४७११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०३६ मे.वा. घन्टा
  • भारत : १०६६५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९४१२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हरेक बस्तीमा नवीकरणीय ऊर्जाको पहुँच पुर्याउने केन्द्रकाे प्रतिबद्धता

ऊर्जा खबर माघ २९, २०७५   1844

वैकल्पिक ऊर्जा



काठमाडौं– नवीकरणीय ऊर्जा क्षेत्रमा काम गर्दै आएका विज्ञ, अनुसन्धानकर्ता तथा व्यवसायीहरूले देशका हरेक बस्तीमा ऊर्जाको पहुँच पुर्याउन प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

ad

सरकारले ल्याएको ‘हरेक बस्ती, ऊर्जा बस्ती’ कार्यक्रम कार्यान्वयनमा विज्ञ तथा व्यवसायीले पनि सहयोग गर्नुपर्नेमा जोड दिइएको हो । नवीकरणीय ऊर्जा परिसंघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा यस क्षेत्रमा काम गर्ने अधिकांश विज्ञ र व्यवसायीले साझा धारणा राखेका थिए । यसकाे अगुवाइ केन्द्रले लिनुपर्ने पनि धेरैकाे भनाइ थियाे ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक मधुसुदन अधिकारीको स्वागतका लागि राखिएको कार्यक्रममा निवर्तमान कार्यकारी निर्देशक रामप्रसाद धितालले आगामी दिनमा मिश्रित ऊर्जा उत्पादनमा नवीकरणीयको हिस्सा बढाउनुपर्ने बताए । ‘अब हिजोको काम गर्ने शैली र योजनाले ठूलो परिवर्तन ल्याउन सक्दैन,’ उनले भने, ‘त्यसैले नयाँ प्रविधिको विकास, प्रयोग र विस्तार गर्नुपर्छ । र, यो दिगो हुनुपर्छ ।’

ad

केन्द्रका निर्देशक नवराज ढकालले अबका दिनमा नवीकरणीय ऊर्जा उत्पादन बढाउँदै हरेक घरमा उज्यालो पुर्र्याउनुपर्ने दायित्व जोडिएको बताए । ‘सरकारले राखेको लक्ष्य हासिल गर्न संस्थागत संरचनामा सुधार गर्दै क्षेत्रगत विस्तार जरुरी छ,’ उनले भने, ‘यसका लागि सरकार, केन्द्र र निजी क्षेत्रको सहकार्य आवश्यक छ ।’

यसैगरी, कार्यकारी निर्देशक अधिकारीले यस क्षेत्रमा पहिला जस्तो काम गर्न सहज वातावरण भएकाले फरक योजनाका साथ काम गर्नुपर्ने बताए । ‘ऊर्जा व्यापार तथा पहुँचबारे बहस गर्दा सुरुमा हरेक व्यक्ति तथा समुदायमा पहुँच पुर्याउन आवश्यक छ,’ उनले भने, ‘यसका लागि आवश्यक स्रोत व्यवस्थापन सरकारले गरिदिनुपर्छ । केन्द्र र यसको समूहले नतिजा देखिन गरी काम गर्न सक्छ ।’

परिसंघका अध्यक्ष गुणराज ढकालले केन्द्रले सहयाेग र सहजीकरण गरे व्यवसायीले सरकारकाे लक्ष्या हातेमालाे गरेर काम गर्ने बताए । ‘व्यवसायीकाे हित संरक्षण गर्दै सहजीकरण गरिदिने पक्षमा सरकारकाे पनि भूमिका हुन्छ,’ उनले भने, ‘यस्ताे लक्ष्यमा सहयाेग गर्न निजी क्षेत्र सधैं तयार छ ।’

परिसंघले निवर्तमान कार्यकारी निर्देशक धितालको बिदाइ र नवनियुक्त कार्यकारी निर्देशकको स्वागत पनि गरेको थियो । धिताललाई नवीकरणीय ऊर्जा इन्जिनियरिङमा हालै हासिल गरेको विद्यावारिधिले यो क्षेत्रको विकासमा थप योगदान पुग्ने चर्चा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="