Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रिडी हाइड्रोले निर्माण गर्ने साढे ८ मेगावाटको सोलार आयाेजनामा लगानी जुट्यो

ऊर्जा खबर असार २३, २०७६   2255

नवीकरणीय ऊर्जा



काठमाडौं– रिडी हाइड्रो पावर कम्पनीले बुटवलको तिलोत्तमा नगरपालिकामा निर्माण गर्ने साढे ८ मेगावाटको सोलार आयोजनाका लागि लगानी व्यवस्थापन भएको छ ।

आयोजनामा बैंक अफ काठमाडौंकाे अगुवाइमा सिटिजन्लेस र नेपाल बंगलादेश बैंकले ४९ करोड लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् । कम्पनी र बैंकबीच भोलि (असार २४ गते मंगलबार) अपरान्ह लगानी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

ad

आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ । करिब ७० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) प्रतियुनिट ७.३० रुपैयाँमा भएको छ ।

सोलार प्लान्ट इपिसी (अध्ययन, खरिद र निर्माण) मोडलमा निर्माण गर्न भारतको जेई सोलार कम्पनीलाई दिने कम्पनीका कार्यकारी अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए । ‘निर्माण सुरु भएको ६ महिनाभित्र हामी बिजुली बाल्छौं,’ उनले ऊर्जा खबरसँग भने ।

उत्पादित बिजुली आयोजनास्थलदेखि साढे ५ किलोमिटर प्रसारण लाइन निर्माण गरेर नेपाल विद्युत प्राधिकरणको जोगिकुटी सबस्टेसनमा जोडिनेछ । यो सुरुमा प्रतियुनिट ९.६१ रुपैयाँभित्र पिपिए गर्ने गरी आह्वान गरिएको आयोजना हो ।

सरकारले पछि ‘ग्रिड कनेक्टेड सौर्य विद्युत विकास सम्बन्धी कार्यविधि, २०७४’ ल्यायो । र, सोलारको खरिद दर प्रतियुनिट ७.३० रुपैयाँमा झार्यो । यसबाट त्यतिबेला प्रस्तावित ६१ मेगावाटका सोलार आयोजना प्रभावित भएका थिए ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा जलविद्युत जस्तै सोलारमा पनि भन्सार शुल्क १ प्रतिशत र मूल्य अभिवृद्धि करमा छुट दिने गरी उल्लेख गरेको छ । यसबाट सोलार, बायु र बायोमासबाट विद्युत उत्पादन गर्नेहरूलाई सहज भएको न्यौपानेले बताए ।

सोलारमा पनि जलविद्युतमा जस्तै मूल्यवृद्धिको सुविधा दिनुपर्ने उनको भनाइ छ । यसो हुँदा विद्युत उत्पादनमा सरकारी लक्ष्य पूरा हुन्छ । साथै, तराईका खेतीयोग्य जमिन बचाएर पहाडका नांगा डाँडामा सोलार आयोजना विकास गर्नुपर्ने न्यौपानेको धारणा छ ।

प्रतिक्रिया दिनुहोस