Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

२६ विघा जमिनमा साढे ८ मेगावाटको सौर्य विद्युत आयोजना

ऊर्जा खबर असार २४, २०७६   926

नवीकरणीय ऊर्जा



काठमाडौं– रिडी हाइड्रो पावर कम्पनीले साढे ८ मेगावाटको सौर्य विद्युत आयोजनाको प्लान्ट राख्न २६ विघा जमिन उपयोग गर्ने भएको छ । कम्पनीले रुपन्देहीको तिलोतमा नगरपालिका-७ स्थित सारदा माध्यामिक विद्यालयको खाली जग्गा लिजमा लिएर सौर्य विद्युत प्लान्ट राख्न लागेको हो ।

विद्यालयको उपयोग नभएको जग्गा ३० वर्षका लागि लिजमा लिने गरीको सम्झौता भइसकेको कम्पनीका अध्यक्ष गुरूप्रसाद न्यौपानेले बताए । उनका अनुसार विद्यालयको जग्गामा ३२ हजार सोलार प्यानल जडान हुनेछ ।

‘हाम्रो सौर्य विद्युत आयोजनामा उपयोग हुने जमिनमा खेती हुँदैन,’ उनले भने,‘ विद्यालयको जमिन लिजमा लिएर प्लान्ट जडान गर्न लागेका छौं ।’  उनले सौर्य विद्युत आयोजनाका लागि तराईको खेती योग्य जमिन मास्न नहुने पनि बताए ।

उपयोग नभएको, सडक किनारको, सिँचाइ नहरमाथिको तथा विद्यालयको जग्गाको सदुपयोग गरेर प्लान्ट राख्न सकिनेमा उनले जोड दिए ।

कम्पनीले सौर्य विद्युत आयोजना निर्माण गर्न मंगलबार ३ बैंकसँग ऋण लगानी सम्झौता गरेको छ । आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा सिटिजन्स इन्टरनेशनल र नेपाल बंगालादेश बैंकले ऋण लगानी गर्न गर्न सम्झौता भएकाे हाे ।

सम्झौतामा कम्पनीका अध्यक्ष न्याैपाने र बैंक अफ काठमाडौंका कर्जा प्रबन्धक अनिल श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सौर्य विद्युत आयोजनामा बैंक अफ काठमाडौंले २६ करोड, सिटिजन्स र नेपाल बंगालादेश बैंकले १५/१५ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् ।

कम्पनीका लागि १० करोड रुपैयाँ बराबरको चालु पुँजी पनि बैंक आफ काठमाडौंले दिने अध्यक्ष न्यापानेले बताए । १६ करोड ४६ लाख रुपैयाँ कम्पनीको स्वपुँजी लगानी रहनेछ ।

लगानी जुटिसकेको आयोजना निर्माणको काम साउनदेखि सुरु हुने कम्पनीका कार्यकारी निर्देशक  कुबेरमणी नेपालले बताए । उनका अनुसार निर्माण सुरु भएको ६ देखि ९ महिना अविधिमा सम्पन्न गरेर प्रसारण प्रणालीमा जोडिसक्नु पर्नेछ ।

आयोजना इपिसी (अध्ययन, खरिद र निर्माण) मोडलमा निर्माण गर्न भारतको जिइटी एण्ड डि इण्डिया लिमिटेड कम्पनीसँग ठेक्का सम्झौता भएको छ । आयोजनाको नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता (पिपिए) गरिसकेको छ ।  विद्युत प्रतियुनिट ७.३० रुपैयाँमा खरिद गर्नेगरी प्राधिकरणले पिपिए गरेको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको जोगीकुटी सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक ५ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनीले निर्माण गर्नेछ ।

सौर्य विद्युत आयोजनाबाट वार्षिक १ करोड ४५ लाख १० हजार ५ सय ८४ किलोवाट घन्टा विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । विद्युत उत्पादनबाट कम्पनीले वार्षिक १० करोड ५९ लाख रुपैयाँ आम्दानी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="