Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७७६ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०७७१ मे.वा. घन्टा
  • भारत : २५०२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०४९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

४ जलविद्युत कम्पनीले साढे १३ अर्बको हकप्रद सेयर निष्कासन गर्ने

ऊर्जा खबर भदौ २६, २०७६   4174

सेयर



काठमाडौं – ४ जलविद्युत कम्पनीले करिब साढे १३ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएका छन् । यी कम्पनीले चुक्ता पुँजी बढाउन संस्थापक,  स्थानीय र सर्वसाधारणले लिन पाउने गरी हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।

कम्पनीले चुक्ता पुँजी बढाउन १३ अर्ब ६८ करोड ३८ लाख १६ हजार ४ सय रुपैयाँ बराबरको १३ करोड ६८ लाख ३८ हजार १ सय ६४ कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आवेदन दिने कम्पनीमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेसमेन्ट एण्ड डेवलपमेन्ट, अपी पावर, ङादी ग्रुप र बरुण हाइड्रोपावर कम्पनी छन् ।

ad

आवेदक कम्पनीमध्ये सबैभन्दा बढी हाइड्रो इलक्ट्रिसिटी इन्भेसमेन्ट एण्ड डेवलपमेन्ट कम्पनीले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । चुक्ता पुँजीको १ः१ अनुपातको हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

यो कम्पनीले रेमिट हाइड्रो सहायक कम्पनी स्थापना गरी ताप्लेजुङमा ७१.५ मेगावाटको घुन्सा खोला र ५३.७ मेगावाटको सिम्बुवा खोला निर्माण अघि बढाएको छ ।

यस्तै, अपी पावरले सय रुपैयाँमा अंकित २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाड गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले चुक्ता पुँजीको १ः२ अनुपातको हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

८.५ मेगावाट क्षमताको नौगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीले छिटै अर्को ८ मेगावाट क्षमताको विद्युत प्रसारण लाइनमा जडान गर्ने भएको छ । यसैगरी, कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलियालाई निर्माणका लागि आवश्यक कार्य गरिहरेको छ ।

ङादी ग्रुप पावर कम्पनीले पनि १६ लाख ६ हजार ६ सय ६४ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सय रुपैयाँमा अंकित १६ करोड ६ लाख ६६ हजार ४ सय रुपैयाँको सेयर निष्कासन गर्न लागेको हो । ङादी ग्रुप पावरले पनि सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले चुक्ता पुँजीको १०ः३ अनुपातको सेयर निष्कासन गर्ने तयारी गरेको हो ।

कम्पनीको लमजुङ सञ्चालित ५ मेगावाटको सीउरीखोला जलविद्युत आयोजनाले ६ वर्षदेखि नियमित विद्युत उत्पादन गर्दै आएको छ । वार्षिक ३२.१० गिगावाट घण्टा विद्युत उत्पादन हुन्छ ।

यसैगरी, बरुण हाइड्रोपावर कम्पनीले पनि चुक्ता पुँजीको  १ः२ अनुपातको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको २५ लाख ५१ हजार ५ सय कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरीरहेको छ । सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआइबिएल एसीई क्यापिटललाई जिम्मा दिइएको छ । कम्पनीले संखुवासभामा ४.५ मेगावाटको हेवा जलविद्युत केन्द्रले विगत लामो समयदेखि विद्युत उत्पादन गरीरहेको छ ।

यी कम्पनीले लामो समयदेखि बोर्डको स्वीकृत पर्खिरहेका छन् । बोर्डबाट निष्कासन अनुमति पाउने  लगतै हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="