Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आठ नदी स्थानान्तरण (डाइभर्सन) तथा बहुउद्देश्यीय आयोजनालाई बजेट

ऊर्जा खबर जेठ १७, २०७६   2210

जलस्रोत



काठमाडौं– सरकारले सातै प्रदेशमा नदी स्थानान्तरण (डाइभर्सन) बहुउद्देश्यीय आयोजना निर्माण गर्ने उद्देश्यले बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत आयोजना अध्ययनलाई प्राथमिकता दिइएको हो ।

विद्युत उत्पादन, सिँचाइ, नदी नियन्त्रण, वातावरण प्रवर्द्धन, मनोरञ्जनलगायत पक्ष समेटेर आयोजना अध्ययन गरिने भएको छ । कुन आयोजनालाई कति भन्ने नछुट्ट्याए पनि सिँचाइतर्फको बजेटबाट अध्ययन सम्पन्न गर्ने योजना छ ।

ad

अर्थ मन्त्री युवराज खतिवडाले बुधबार संसदमा प्रस्तुत गरेको बजेटमा कालीगण्डकी–तिनाउ, तमोर–चिस्याङ, माडी–दाङ, राप्ती–कपिलवस्तु, पश्चिम सेती–कैलाली पाण्डुल डाइभर्सन अध्ययन गर्ने उल्लेख छ ।

यसैगरी, सुनकोसी–मरिन तथा कन्काई बहुउद्देश्यीय लगायत आयोजनाको विस्तुत सम्भावना अध्ययन सम्पन्न गर्न बजेट विनियोजन गरिएको छ । नारायणी लिफ्ट सिँचाई प्रणालीलाई पुनस्र्थापना गर्न बजेट विनियोजन गरेको पनि मन्त्री खतिवडाले उल्लेख गरेका छन् ।

सरकारले निर्माणाधीन राष्ट्रिय गौरवका रानी जमरा, भेरी बबई डाइभर्सन र बबई आयोजना तीव्र गतिमा अघि बढाउने घोषणा गरेको छ । सुनकोसी–मरिन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा राख्दै २ अर्ब ५ करोड रुपैयाँ छुट्ट्याइएको छ ।

प्रदेश ३ मा निर्माण हुन लागेको सुनकोसी–मरिनबाट रौतहट, सर्लाही र महोत्तरीमा १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने छ । सुनकोसीको पानी १३ किलोमिटर सुरुङ खनेर मरिनमा झारी ४३ मेगावाट विद्युत उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ ।

लिफ्ट सिँचाइ प्रणाली विकास गर्न सौर्य ऊर्जाको प्रयोग गरिने तथा प्रदेश तथा स्थानीय तहको सहभागितामा तराई मधेसमा सौर्य ऊर्जामा आधारित भूमिगत सिँचाइ कार्यक्रम सञ्चालन गर्ने घोषणा छ ।

सरकारले भूमिगत तथा सतह सिँचाइ योजनाको विकास तथा व्यवस्थापन गर्न समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रमका लागि ९६ करोड रुपैयाँ छुट्ट्याएको छ । सिँचाइ क्षेत्र विकास गर्न २३ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="