Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एचईडी इनर्जीले ८८ मेगावाटको रोल्वालिङ आयाेजना निर्माण गर्ने

ऊर्जा खबर जेठ ३०, २०७६   1934

खबर



काठमाडौं- एचईडी इनर्जी कम्पनीले दोलखामा पहिचान भएको ८८ मेगावाटको रोल्वालिङ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । जिल्लाको गौरीशंकर गाउँपालिकामा संरचना रहने गरी आयोजना अघि बढाउन लागिएको हो ।

कम्पनीले वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन तयार गर्न स्थलगत अध्ययन गरिरहेको छ । अध्ययनका क्रममा आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको वातावरणमा पर्न सक्ने असरबारे कम्पनीले सरोकारवालासँग राय तथा सुझाव मागेको छ ।

सरोकारवालाले वातावरणमा पर्न सक्ने प्रभावका सम्बन्धमा २ साताभित्र कार्यालयमा राय सुझाव पेश गर्न सक्ने कम्पनीले जनाएको छ । आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको मौलिक, रसायनिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणमा पर्ने असर समेटिएको लिखित राय तथा सुझाव सरोकारवालासँग मागिएकाे छ । परामर्शदाता तथा विद्युत विकास विभागको कार्यालयमा पनि राय सुझाव पठाउन सकिनेछ ।

९.१४ मेगावाटको रुपागाड पनि निर्माण हुने

कर्णाली पदेशमा ९.१४ मेगावाटको रुपागाड जलविद्युत आयोजना निर्माण हुने भएको छ । रुपागाड खोलामा पहिचान भएको आयोजना विद्युत विकास विभागले अघि बढाउन लागेको हो ।

डोल्पा जिल्लामा पहिचान भएको आयोजना रुपागाड खोलामा बाँध निर्माण गरी करिब ३ हजार ७ सय १५ मिटर लामो सुरुङ तथा ६ सय ७५ मिटर लामो पेनस्टनक पाइपबाट करिब विद्युतगृहमा पानी खसालेर विद्युत उत्पादन गरिनेछ ।

आयोजनाकोे विद्युतगृह ठुलीभेरी खोलाको बायाँ किनारमा निर्माण गरिनेछ । विद्युत उत्पादनपछि विद्युतगृहबाट निस्कने पानी पुनः ठूलीभेरी नदीमा खसाल्न ६६ मिटर लामो निकास नहर निर्माण हुने गरी आयोजनाको डिजाइन तयार भएको छ ।

विभागले आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन निर्माणको काम सुरु गरेको छ । प्रतिवेदन तयार गर्ने क्रममा विभागले आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रका सरोकारवालामा पर्नसक्ने प्रभावका सम्बन्धमा राय तथा सुझाव मागेको छ ।
विभागले १५ दिने सूचना निकालेर सरोकारवालाको राय तथा सुझाव मागेको हो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="