body1
advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण :६९०२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९०१३ मे.वा. घन्टा
  • भारत : ४०८० मे.वा. घन्टा
  • ट्रिपिङ : ३०० मे.वा. घन्टा
  • माग : २०२९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

८.८ रुदी ‘ए’ जलविद्युत अायाेजनाबाट विद्युत उत्पादन सुरु

   असोज २५, २०७५        449        यशाेदा सुनुवार

काठमाडौं– लमजुङमा निर्माण भएको ८.८ मेगावाटको रुदी ‘ए’ जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । बिन्धबासिनी हाइड्रो पावरले निर्माण गरेको आयोजनाको गत शनिबार परीक्षण उत्पादन सुरु भएको हो ।

लमजुङ र कास्कीको सीमामा बग्ने रुदी खोलामा साढे दुई वर्षमा आयोजना निर्माण भएको कम्पनीले जानकारी दिएको छ । असोज २० गतेबाट पानी खसालेर परीक्षण उत्पादन सुरु गरिएको आयोजनाका उपप्रबन्धक सरोज भट्टराईले बताए ।

परीक्षण सकेर अबको एक महिनामा व्यावसायिक उत्पादन सुरु गर्ने भट्टराईले बताए । त्यसअघि १५ दिन आयोजनाले नेपाल विद्युत प्राधिकरणलाई परीक्षणको समय निशुल्क विद्युत दिनेछ ।

आयोजनाबाट गत वर्ष असारमै विद्युत उत्पादन गर्ने लक्ष्य रहे पनि आन्तरिक कारणले एक वर्ष ढिला भएको छ । कास्कीको सिङदी बेँसी  र लमजुङको सिङ्दीस्थित बाँधबाट ६ किलोमिटर लामो पेनस्टक पाइपमार्फत पानी ल्याएर बालुवाबेँसीमा निर्माण गरिएको विद्युतगृहमा खसालिएको छ ।

१ अर्ब ३६ करोड रुपैयाँमा निर्माण पूरा भएको आयोजनामा सानिमा बैंकको अगुवाईमा ५ बैंकले ऋण लगनी गरेका छन् । आयोजनामा ७५ प्रतिशत ऋण तथा २५ प्रतिशत स्वपुँजी लगानी छ । उत्पादित विद्युत मादीस्थित मुंग्रेबेँसी सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7