Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८८५ मे.वा. घन्टा
  • भारत : ८११ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९८६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युतीय ब्याट्रीबाट चल्ने ७ सय सफा टेम्पो सञ्चालनमा

ऊर्जा खबर असार १२, २०७६   2527

खबर



काठमाडौं- विद्युतीय ब्याट्रीबाट चल्ने सफा टेम्पोको संख्या ७ सय पुगेको छ । २०५२ सालदेखि हालसम्मको अवधिमा उक्त परिमाणका सफा टेम्पो सञ्चालनमा आएका हुन् ।

डिजेल टेम्पो प्रतिस्थापन गर्न ल्याइएको सफा टेम्पो राजधानीका विभिन्न रुटमा चलिरहेकाे यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागका अनुसार हालसम्म दर्ता भएका साढे ४० हजार विद्युतीय सवारीमध्ये सफा टेम्पोको संख्या ७ सय १० पुगेको हो ।

ad

ठूला सहरमा सफा टेम्पो निर्वाधरूपमा चलिरहेकाले यसको प्रयोग सफल भएको विद्युतीय सवारी निर्माण तथा आयात संघ नेपाल (इभिएमआइएएन) अध्यक्ष विजयमान शेरचनले बताए । उनका अनुसार अहिले सञ्चालनमा रहेका सफा टेम्पोले दैनिक ३ सय बढी यात्रुलाई नियमित सेवा दिँदै आएका छन् ।

सफा टेम्पोको प्रयोग सफल भए पनि सरकारले संख्या बढाउन पहल नगरेको उनले गुनासो गरे । ‘नाकाबन्दीको समयमा डिजेल गाडी बन्द हुँदा सफा टेम्पोले नै सर्वसाधारणलाई सेवा दिएका थिए,’ उनले भने, ‘तर टेम्पोको प्रवद्र्धनमा सरकारले चासो दिएको छैन ।’

अमेरिका र भारतको लखनउबाट उपकरण आयात गरेर सफा टेम्पो निर्माण गर्दै आएको पनि उनले बताए । सरकारले ३ चक्के विद्युतीय सवारी देशभित्रै बनाउन दिए पनि ४ चक्केका लागि अझै अनुमति नदिएको बताए ।

सन् २०३० भित्र ५० प्रतिशत सवारीलाई विद्युतीयमा रुपान्तरण गर्न खरिद लागत घटाउनुपर्नेमा उनले जोड दिए । सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न सुरु गरे पनि नीति निर्माण तहमा बसेकाहरूले काम नगर्दा अन्यौलता बढेको उनले बताए ।

हाल सञ्चालनमा रहेका सफा टेम्पाे लगनखेल-बानेश्वर-कोटेश्वर-पुल्चोक, सुन्धारा-छाउनी, सुन्धारा-गल्फुटार, सुन्धारा-चावहिल-तीनचुली, सुन्धारा-सिनामंगल, सुन्धारा-बत्तिसपुतली-अनामनगर , शंखमुल- जाेरपाटीलगायत रुटमा गुड्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="