Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हिमपर्वतले २० मेगावाटको साँगुखाेला निर्माण गर्ने

ऊर्जा खबर श्रावण २२, २०७६   1741

जलविद्युत



काठमाडौं- दाेलखामा २० मेगावाटको साँगुखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । जिल्लाको विगु गाउँपालिका भएर बग्ने साँगुखोला र पेगुँखोलामा पहिचान भएको आयोजना हिमपर्वत हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको हो ।

ad

आयोजना निर्माण प्रक्रिया अघि बढाउने क्रममा प्रारम्भिक वातावरणी परीक्षण अध्ययन सुरु भएको कम्पनीले जनाएको छ । कम्पनीले वातावरणीय परीक्षण अध्ययनका क्रममा आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको भौतिक, साँस्कृतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पर्नसक्ने असरबारे सरोकारवालासँग राय/सुझाव मागेको छ ।

कम्पनीले सूचना जारी भएको मितिले ३५ दिनभित्र आइपुग्ने गरी सरोकारवालासँग राय/सुझाव मागेको छ । सरोकारवालाले आफुले दिने राय तथा सुझाव विद्युत विकास विभाग वा कम्पनीकाे केन्द्रीय कार्यालयमा पठाउनु पर्नेछ ।

आयोजनाको मुख्य संरचना साँगुखोला र पेगुँखोलाको दायाँ किनारमा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । इनटेक पेगुँखोलाको विगुँ गाउँपालिकामा रहनेछ ।

साँगुखोला १ जलविद्युत केन्द्रको विद्युतगृहबाट निस्केको पानी प्रयोग गरी विद्युत उत्पादन गर्न लागिएको हो । विद्युतगृहमा ६.९६५ मेगावाट क्षमताको ३ वटा युनिटमार्फत विद्युत उत्पादन गरिनेछ ।

आयोजनाबाट उत्पादन भएको विद्युत १३२ केभी प्रसारण लाइनमार्फत ७.४ किलोमिटर टाढा प्राधिकरणले निर्माण गरेकाे सिंगटी सबस्टेसनमा जोडिनेछ ।

आयोजनाबाट २०७९ चैत्र ३० गतेदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेकाे कम्पनीले जनाएकाे छ । आयोजना निर्माण पूरा भएपछि वार्षिक १२०.८३ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="