Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सलाम एयरले दैनिक काठमाडौं–ओमान उडान गर्ने

ऊर्जा खबर भदौ २४, २०७६   144

खबर



काठमाडौं– सलाम एयरले काठमाडौं–ओमान रुटमा दैनिक उडान गर्ने भएको छ । एयरलाइन्सले आगामी हप्तादेखि यो रुटमा उडान थप गर्न लागेको हो ।

सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइरहेको बेला सलाम एयरले पर्यटक भित्र्याउन दैनिक उडान गर्ने भएको हो । यस अघि एयरलाइन्सले हप्ताको ३ दिनमात्र उडान गर्ने गरेको थियो ।

ad

एयरलाइन्सको उक्त निर्णयले ‘पर्यटन वर्ष २०२०’ लाई सफल बनाउन सहयोग पुर्रयाउने संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश कुमार भट्टराईले बताए । उनका अनुसार नेपालमा आउने पर्यटकको संख्यामा वर्षेनी वृद्धि हुँदै गएको र ‘पर्यटन वर्ष २०२०’ को अवसरमा एयरलाइन्स कम्पनीको व्यापार–व्यवसाय प्रवद्र्वनमा थप योगदान पुग्नेछ ।

एयरलाइन्सको सेवा विस्तारपछि वैदेशिक रोजगारीका क्रममा मध्यपूर्व लगायत विश्वमा रहेका नेपाली दाजुभाई दिदीबहिनीलाई थप सेवा उपलब्ध हुने आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

एयरलाइन्सको सेवा विस्तारसँगै आगामी वर्ष एक लाख पर्यटकलाई सेवा दिने लक्ष्य रहेको आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले बताए ।

मध्यपूर्वमा धेरै नेपाली वैदेशिक रोजगारीमा रहेका र नेपाल आपैmमा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य मुलुक भएको कुरालाई ध्यान दिएर आइएमई ग्रुपसँगको सहकार्यमा हवाई सेवा विस्तार गरिएको सलाम एयरका कमर्सीयल डाइरेक्टर माजीन अल सलमानीले बताए ।

आइएमई ट्राभल जस्तो विश्वसनीय व्यवसायीक साझेदार नेपालमा पाइएकाले आफ्नो व्यवसाय प्रवद्र्घन गर्न सहज हुने सलाम एयरका हेड अफ सेल्स मोहम्मद अल देसुकीले बताए ।

प्रतिक्रिया दिनुहोस