Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

इसुवा खोला र लेप्चे खोलामा सञ्चय कोषको लगानी

ऊर्जा खबर असोज ०२, २०७६   2251

खबर



काठमाडौं—सरकारी, निजी तथा सार्वजनिक क्षेत्रमा काम गर्ने कर्मचारीको हितका लागि स्थापना भएको कर्मचारी सञ्चय कोषले थप २ जलविद्युत आयोजनामा ऋण लगानी गर्ने भएको छ । कोषले २ सय १४ मेगावाटका आयोजनामा लगानी गर्न लागेको हो ।

निजी क्षेत्रको अहिलेसम्मकै ठूलो ९७ मेगावाटको इसुवा खोलामा विभिन्न बैंकसँग मिलेर लगानी गर्ने सम्झौता भइसकेको कोषका सहप्रशासक राजेन्द्र काफ्लेले बताए । उनका अनुसार संखुवासभामा निर्माण हुने यो आयोजनामा कोषले १ अर्ब रुपैयाँ बराबरको ऋण लगानी गर्ने सम्झौता भएको छ ।

ad

यस्तै, दोलखामा पहिचान भएको १ सय १७ मेगावाटको लेप्चे खोलामा पनि कोषले ऋण लगानी गर्ने तय भएको उनले बताए । ‘नासा हाइड्रो पावरले निर्माण गर्न लागेको आयोजनामा कोषले लगानी गर्ने टुंगो लागेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘दशै र तिहारको बीचमा ऋण लगानी सम्झौतामा हस्ताक्षर हुन्छ ।’  १९ करोड रुपैयाँ ऋण लगानी रहने यो आयोजनामा कोषले गर्ने लगानी तय भइनसकेको पनि उनले बताए ।

२ आयोजना थपिएसँगै कोषले जलविद्युत आयोजनामा गरेको ऋण लगानी ३० अर्ब पुग्नेछ । कोषले यसअघि चिलिमे जलविद्युत कम्पनी तथा यसका सहायक कम्पनीले निर्माण गरिरहेका ४ आयोजना र ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीमा ऋण लगानी गरेको छ ।

कोषले २२ मेगावाटको चिलिमे आयोजनाका लागि ८० करोड रुपैयाँ ऋण लगानीको थियो । यसपछि साढे ७ मेगावाटको सुनकोसी निर्माण गरेको नेशनल हाइड्रो पावर कम्पनीमा २० करोड रुपैयाँ र डेढ मेगावाटको चाकु खोलामा ४ करोड ९५ लाख रुपैयाँ लगानी गरेको थियो ।

यसैगरी, चिलिमे कम्पनीले अघि बढाएका १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी र ५३ मेगावाटको सान्जेनमा १६ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गरेको छ । तामाकोसीमा १० अर्ब रुपैयाँ ऋण दिएको छ ।

हालसम्म प्रतिबद्धता गरेको ऋणमध्ये  चिलिमे, नेशनल हाइड्रो र चाकुले चुक्ता गरिसकेका छन् । बाँकी ५ आयोजना निर्माणाधीन छन् ।

कोषमा करिब ६ लाख सञ्चयकर्ता छन् । आगामी ५ वर्षमा १० लाख सञ्चयकर्ता पुर्याउने कोषको लक्ष्य छ । त्यतिबेलासम्म वित्तीय आकार ७ खर्ब रुपैयाँको हुने कोषको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="