Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

५६ मेगावाटको जुम खोला निर्माण गर्न कस्सियो सानिमा समूह

सागर केसी कार्तिक २४, २०७६   1894

जलविद्युत



दोलखा । जलविद्युत आयोजना निर्माणमा सफलता हासिल गर्दै आएको सानिमा हाइडो पावर कम्पनीले ५६ मेगावाट जुम खोलाको निर्माण प्रक्रिया सुरु गरेको छ । कम्पनीले शनिबार आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन सार्वजनिक गर्दै प्रक्रिया अगाडि बढाएको हो ।

कम्पनीले शनिबार स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको कार्यक्रमसमेत गरेको छ । आयोजना गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने भएकाले यसका नियम पालना गर्दै सामाजिक तथा वातावरणीय प्रभाव मूल्यांकन गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले बताए ।

ad

नदीको बहाबमा आधारित (आरओआर) आयोजनाबाट वार्षिक ३२ करोड ४७ लाख ५४ हजार ६९ किलोवाट घन्टा ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । डिजाइन अनुसार खोलाको २५.४५ घनमिटर प्रतिसेकेण्ड पानी आयोजनाले उपयोग गर्नेछ ।

आयोजनाको सम्पूर्ण संरचना जुम खोलाको बायाँ किनारमा प्रस्ताव गरिएको श्रेष्ठले बताए । ‘नेपाल–चीन सिमाबाट १ किलोमिटर तल्लो तटीय क्षेत्रमा २३ मिटर लामो बाँध बनाएर बायाँ किनारमा इन्टेक र ढुंगा, ग्राभेल रोक्ने संरचना निर्माण हुनेछ,’ उनले भने ।

वन क्षेत्रमा काटिएका रुखको क्षतिपूर्तिका लागि अन्य खाली जग्गामा रोपेर क्षति पूरा गरिनेछ । एक रुख बराबर १० वटा वृक्षारोपण गरी ५ वर्षसम्म आफैंले रेखदेख गरेर संरक्षण क्षेत्रलाई हस्तान्तरण गर्ने योजना रहेको श्रेष्ठले बताए । अध्ययन अनुसार आयोजनाबाट जंगली पशुपन्छीलाई केही असर परे पनि उच्च हिमाली क्षेत्र भएकाले खोलामा कुनै प्रजातीको माछा पाइँदैन ।

आयोजनाको वातावरणीय अध्ययन सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ प्रालिको वातावरण विभागले गरेको छ । आयोजनाको बाँधपछि ६८ मिटर लम्बाई र १२ मिटर चौडाईका ३ वटा बालुवा थिग्र्याउने भूमिगत पोखरी निर्माण गर्ने प्रस्ताव गरिएको छ । यसबाट १ हजार ५ सय १९ मिटर लामो सुरुङ र ३ सय ८७ मिटरको पेनस्टक पाइपमार्फत पानी ल्याएर विद्युतगृहमा खसाल्ने योजना छ । आयोजनामा १४ मेगावाटका ४ वटा जेनेरेटर जडान गरिनेछ ।

अध्ययन अनुसार आयोजनाको ग्रसहेड २ सय ५४ मिटर छ । विद्युतगृहबाट ७ सय ४ मिटर लामो टेलरेसमार्फत पानी तामाकोसी नदीमा मिसाइनेछ । आयोजनाको विद्युतगृह निर्माणाधीन माथिल्लो तामाकोसीको हेडवक्र्सभन्दा ३ किलोमिटरमाथि निर्माण हुनेछ ।

आयोजनाका लागि स्थायीरूपमा ८ हेक्टर र अस्थायीरूपमा ७.९३ हेक्टर गरी कूल १९.९३ हेक्टर जमिन उपयोग गर्ने अध्ययनमा उल्लेख छ । आयोजनामा निजी जग्गा पर्दैन । आयोजना क्षेत्रमा १८ प्रजातिका ७ सय ९८  वटा रुख काट्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="