विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सान्जेन जलविद्युत कम्पनीले ५४ करोड ७५ लाख मूल्यको साधारण सेयर जारी गर्ने

ऊर्जा खबर कार्तिक १९, २०७५ 4478

काठमाडौं– सान्जेन जलविद्युत कम्पनीले ५४ करोड ७५ लाख रुपैयाँ मूल्यको साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले रसुवामा निर्माणाधीन माथिल्लो र तल्लो सान्जेन जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत सेयर निष्कासन गर्ने तयारी गरेको हो ।

अबको ३ महिनाभित्र प्रतिकित्ता सय रुपैयाँ अंकित ५४ लाख ७५ हजार कित्ता सेयरको बिक्री खुला गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । उनका अनुसार दोस्रो चरणमा आयोजना प्रभावित स्थानीयको सेयर निष्कासन गर्ने तय भए पनि जिल्ला समन्वय समिति रसुवाले अवधि सार्न आग्रह गरेकाले पहिले साधारण सेयर निष्कासनको तयारी थालिएको हो ।

दोस्रो चरणमा साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड स्वीकृति दिन सहमत भएपछि स्थानीयको अघि नै सर्वसाधारणको सेयर निष्कासन हुने कम्पनीले जनाएको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावली एवं निर्देशिकामा आवश्यक संसोधन गरेर अनुमति दिन तयार भएपछि सेयर निष्कासन प्रक्रिया अघि बढाइने पनि श्रेष्ठले बताए ।

कम्पनीले गत असारमा दोस्रो चरणमा साधारण सेयर निष्कासन तथा बिक्री वितरणको स्वीकृति दिन अनुरोध सहितको पत्र बोर्डमा पठाएको थियो । सहमती अनुसार अब साधारण सेयर बाँडफाँडपछि मात्रै स्थानीयका लागि छुट्याइएको ३६ करोड ५० लाख रुपैयाँ मूल्यको ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।

२०७२ को विनासकारी भूकम्पले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्नु परेकाले अहिले सेयरमा लगानी गर्न नसक्ने जनाएपछि स्थानीयका लागि छुट्याइएको सेयर निष्कासन प्रक्रियालाई तेस्रो चरणमा सारिएको हो । कम्पनीले यसअघि कर्मचारी संचय कोषमा रकम जम्मा गर्ने संचयकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारीका लागि छुट्याइएको २४ प्रतिशत सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेको छ ।

कम्पनी अन्तर्गत रसुवामा १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माणाधीन छन् । माथिल्लो आयोजनाको सिभिलतर्फ ७० प्रतिशत निर्माण पूरा भएको छ । सान्जेन आयोजना पनि ६५ प्रतिशत पूरा भएको छ ।

दुवै आयोजना आगामी आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य छ । दुवै आयोजना सम्पन्न गर्न ब्याजबाहेक ७ अर्ब २४ करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा ५० प्रतिशत ऋण र ५० प्रतिशत स्वपुँजी लगानी छ ।

स्वपुँजी लगानीको ७५ प्रतिशत रकम चुक्ता भइसकेको छ । २५ प्रतिशत रकम साधारण र स्थानीयका लागि सेयर निष्कासन गरेर चुक्ता गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="