Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८८५ मे.वा. घन्टा
  • भारत : ८११ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९८६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सान्जेन जलविद्युत कम्पनीमा रोजगारीको अवसर

ऊर्जा खबर भदौ ३०, २०७६   2040

जागिर



काठमाडौं- सान्जेन जलविद्युत कम्पनी लिमिटेडमा विभिन्न पदमा राेजगारीकाे अवसर खुलेकाे छ । कम्पनीले रसुवामा निर्माणाधीन  १४.५ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजनामा खटाउने गरी ७ जना कर्मचारी मागेकाे हाे ।

५ देखि ७ तहका कर्मचारीको पदपूर्ति गर्न आवेदन खुलाइएकाे छ । कम्पनीले १ जना मेकानिकल र १ जना इलेक्ट्रिकल इन्जिनियर तथा १ जना सहायक लेखा अधिकृतकाे पदपूर्ति गर्न आवेदन मागेकाे छ ।

ad

यस्तै, २ जना सहायक प्रशासकिय अधिकृत तथा २ जना मेकानिकल ओभरसियरको पदपुर्तिका लागि पनि आवेदन खुलेकाे कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार विभिन्न पदमा आवेदन दिनेमध्ये शैक्षिक प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी अनुभव भएकाले राेजगारीकाे अवसर पाउने छन् ।

इच्छुक व्यक्तिले सूचना जारी भएको मितिले एक महिना (आगामी असोज ३० गते) भित्र आवेदन दिइसक्नु पर्नेछ । आवेदकले बायोडाटा, नेपाली नागरीकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नेपाल ईन्जिनियरीङ परिषद्मा दर्ता भएको प्रमाणपत्र, कार्य अनुभवको प्रमाणपत्रसहित आवेदन बुझाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="