Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७४७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६४३१ मे.वा. घन्टा
  • भारत : १०१५८ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २६३३६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सरल ऊर्जाले थापाथलीमा २७ किलोवाट ‘रुफटप सोलार’ जोड्यो

ऊर्जा खबर मङि्सर २०, २०७५   4510

वैकल्पिक ऊर्जा



काठमाडौं– सरल ऊर्जा नेपालले थापाथलीस्थित एक व्यापारिक कम्प्लेक्समा २६.७ किलोवाटको रुफटप सोलार जडान गरेको छ । ‘इनर्जी एज सर्भिस् मोडल’ काम रुपमा कम्पनीले उक्त काम गरेको हो ।

सोलार जडान गरेको व्यापारिक घरानाले प्लान्ट सञ्चालन अवधिभर १ करोड रुपैयाँ बचत गर्ने कम्पनीको दाबी छ । सहरी क्षेत्रमा जडान गरिएको यस प्रकारको पहिलो सौर्य ऊर्जा प्रणाली हो । ग्राहकले यसको प्रतियुनिट विद्युत मूल्य ११ रुपैयाँ तिर्नुपर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत आषिश चालिसेले बताए । जबकि नेपाल विद्युत प्राधिकरणलाई ग्राहकले प्रतियुनिट १३ रुपैयाँ तिर्दै आएको ।

उक्त प्लान्टको १५ वर्षका लागि विद्युत खरिद सम्झौता (पिपिए) गरिएको छ । यसपछि कम्पनीले ग्राहकसँग कुनै पनि थप लगानी वा रकम नलिई प्रणाली हस्तान्तरण गर्नेछ । प्राधिकरणले अहिलेसम्म सोलार नेट मिटरिङ प्रणाली विकास नगरेकाले अहिले विषेश डिभाइमार्फत ग्राहकले खपत गरेको विद्युत युनिट रिडिङ हुने गरेको छ । सरल ऊर्जाले चालू आर्थिक वर्षभित्र यही मोडलमा ५ मेगावाट सौर्य विद्युत उत्पादनको लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="