विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलविद्युत कम्पनीले स्थानीयभन्दा अघि सर्वसाधारणलाई सेयर निष्कासन गर्न पाउने

ऊर्जा खबर मङि्सर १२, २०७५ 2332

काठमाडौं– जलविद्युत आयोजना निर्माण गर्ने कम्पनीहरूले अब आयोजना प्रभावित वा स्थानीयबासी भन्दा अघि सर्वसाधारणका लागि सेयर निष्कासन गर्न पाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका संशोधन गरी नयाँ व्यवस्था ल्याएपछि यसका लागि बाटो खुला भएको हो । स्थानीयले कुनै कारणवश सेयर किन्न नचाहे वा कम्पनीले पहिला सर्वसाधारणमा निष्कासन गर्ने इच्छा देखाए आवश्यक निर्णय गर्न सक्ने निर्देशिकामा उल्लेख छ ।

सेबोनले गत कात्तिक १२ गते तेस्रो पटक संशोधन गरेको निर्देशिमा भनिएको छ– कुनै सूचीकृत जलविद्युत कम्पनीको कम्तीमा ५१ प्रतिशत सेयर स्वामित्वका सहायक कम्पनीले विशेष परिस्थितिमा आयोजना प्रभावित स्थानीयलाई भन्दा पूर्व सर्वसाधारणलाई साधारण सेयरको प्राथमिक निष्कासन गर्न चाहे बोर्डले त्यस्ता कम्पनीलाई स्थानीयलाई भन्दा पूर्व सर्वसाधारणलाई सेयर निष्कासन गर्ने अनुमति दिन सक्ने छ ।

यसैगरी, स्थानीयभन्दा अघि सर्वसाधारणलाई सेयर निष्कासन गरे त्यस्ता संस्थाले आयोजना प्रभावितका लागि निष्कासन गर्ने सेयरको प्रत्याभूति गर्नुपर्ने छ । सर्वसाधारण समूहलाई पहिला सेयर निष्कासन गर्दा आयोजना प्रभावितले धितोपत्र आवेदन गर्न नपाउने व्यवस्था गर्नुपर्ने पनि निर्देशिका उल्लेख छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा भन्दा पहिला सर्वसाधारणलाई सेयर निष्काशन गरेका जलविद्युत कम्पनीले त्यस्तो सार्वजनिक निष्कासन गरेको ६ महिना वा विद्युतको उत्पादन सुरु हुनुभन्दा ३ महिनामा जुन पहिला हुन्छ सो समयभित्र स्थानियलाई सेयर निष्कासन गर्नुपर्ने छ ।

उल्लेखित प्रावधानमा टेकेर रसुवागढी र सान्जेन जलविद्युत कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरिरहेका छन् । आगामी पुसको अन्तिम सातासम्म दुवै कम्पनीले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="