Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०५७ मे.वा. घन्टा
  • भारत : ९३२८ मे.वा. घन्टा
  • ट्रिपिङ : ४०० मे.वा. घन्टा
  • माग : २४२३८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दोलखाका गाउँ गाउँ पुगेर स्थानीयलाई सेयरबारे बुझाउँदै धितोपत्र बोर्ड

सागर केसी पुष ०, २०७५   1810

सेयर



दोलखा– नेपाल धितोपत्र बोर्डले दोलखाको गाउँ गाउँ पुगेर स्थानीय बासिन्दालाई सेयर बजारबारे प्रशिक्षण दिएको छ । बोर्डका प्रतिनिधी जलविद्युत आयोजना प्रभावित क्षेत्रमा पुगेर स्थानीयलाई सेयर बजार र कारोबारबारे प्रशिक्षण दिएका हुन् ।

उपत्यका बाहिरका लगानीकर्ता प्रशिक्षण गर्ने क्रममा दोलखा पुगेर स्थानीयलाई सेयर लगानी र यसको कारोबारबारे जानकारी गराएको बोर्डका निर्देशक अम्बिका प्रसाद गिरीले बताए । उनका अनुसार सदरमुकाम चरिकोट, कालिञ्चोक गाउँपालिका र माथिल्लो तामाकोसी जलविद्युत आयोजना प्रभावित स्थानीयको घरदैलोमा पुगेर सुसुचित गराइएको छ ।

निर्देशक गिरी र उपनिर्देशक अनुजकुमार रिमालसहितको टोलीले स्थानीयलाई पुँजी बजारसँग सम्बन्धित पुस्तिका पनि वितरण गरेको छ । उनीहरुले पुँजी बजारमा लगानी गर्दा जलविद्युत आयोजनाको लागत, लाभांश पाउने अवस्थाका बारेमा बुझेर मात्रै लगानी गर्न स्थानीयलाई आग्रह गरे ।

बोर्डले सेयर लगानीका लागि कागजी प्रमाण पत्रको प्रावधान हटाएकाले डिजिटल प्रणालीमा दोलखाली पनि आवद्ध हुनुपर्नेमा जोड दिए । डिजिटल प्रणालीमा आवद्ध हुन हितग्राही (डिम्याट) खाता खोलेर प्रमाण पत्रमा भएको सेयर सार्न सुझाव दिए ।

पुँजी बजारमा सहरदेखि गाउँसम्मका जनताको पहुँच पुर्याएर दोस्रो बजारमा पनि कारोबार गर्न सक्ने बनाउने बोर्डको लक्ष्य रहेको उपनिर्देशक रिमालले बताए । ९९ प्रतिशत दोलखालीको लगानीकर्ता भइसक्दा डिजिटल प्रणालीमा जोडिन नसकेकाले जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, बैंकले हितग्राही खाता खोल्न प्रेरित गर्नुपर्ने उनको भनाइ छ ।

विगू गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले बोर्डको कार्यक्रम तामाकोसीको सेयर निष्कासन हुनुअघि नभएकोमा गुनासो गरे । उनले स्थानीयलेभन्दा सर्वसाधारणले धेरै सेयर पाएको भन्दै दुखेसो पोखे । स्थानीय रत्नबहादुर श्रेष्ठले लगानीकर्ता धेरै भएको जिल्लामा दोस्रो बजारमा कारोबार सुरु गर्न सेयर दलालको व्यवस्था गर्न बोर्डसमक्ष माग गरे ।

निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले स्थानीयका लागि छुट्याएको सेयर ९९ प्रतिशत दोलखालीले खरिद गरेका छन् । निर्माणाधीन अन्य आयोजनाका प्रवद्र्धक कम्पनीले पनि सेयर निष्कासनको तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="