Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८८५ मे.वा. घन्टा
  • भारत : ८११ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९८६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सेदुवा सबस्टेसन चार्ज हुँदै, ट्रिपिङको समस्या हट्ने

ऊर्जा खबर असोज १५, २०७६   3284

खबर



काठमाडौं— नेपाल विद्युत प्राधिकरणले ३३/११ केभीको सेदुवा सबस्टेसन चार्ज गर्ने भएको छ । प्राधिकरणले पर्सा जिल्लामा निर्माण सम्पन्न सबस्टेसन परीक्षण पूरा गरेर बिहीबार (भोलि) देखि ‘नो–लोड’ मा चार्ज गर्न लागेको हो ।

सबस्टेसन चार्ज भएको एक साताभित्र लोड दिएर चार्ज गर्ने आयोजना डिभिजन इन्चार्ज रनधिर पाठकले बताए । उनका अनुसार करिब २२ किलोमिटर लामो  पोखरिया–सेदुवा प्रसारण लाइनमा लोड दिएर चार्ज गरिनेछ ।

ad

सबस्टेसन सञ्चालन हुँदा जानकीटोला, स्वर्णपुर, ठोरी, सेदुवा बजार, जगन्नाथपुर, जीराभवानीलगायत स्थानको विद्युत वितरण प्रणालीमा सुधार भई गुणस्तरीय विद्युत सेवा पाउने प्राधिकरणको दाबी छ । भोल्टेज, ट्रिपिङ, चुहावटको समस्या पनि समाधान हुनेछ ।

प्रसारण लाइन तथा सबस्टेसन त्रिपुरेश्वर जयदुर्गे कम्पनीले संयुक्तरूपमा साढे २ वर्षमा निर्माण गरेको हो । यस कम्पनीले एक वर्ष अवधिमा एडिबीको ऋण लगानीमा १० प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न गरेको छ । अबको एक महिनामा ४ वटा नयाँ सबस्टेसन सञ्चालनमा आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="