Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७७६ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०७७१ मे.वा. घन्टा
  • भारत : २५०२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०४९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

इपान अध्यक्ष गुरागाईंलाई पुत्री शोक

ऊर्जा खबर असोज १७, २०७६   1422

खबर



काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) अध्यक्ष शैलेन्द्र गुरागाईंलाई पुत्री शोक परेको छ । १६ वर्षिया छोरी श्रीनिका गुरागाईंको अल्पायुमै मृत्यु हुँदा उनी शोकमा परेका हुन् ।

स्वास्थ्यमा समस्या आई भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएकी श्रीनिकाको उपचारका क्रममा बिहिबार मृत्यु भएको हो । फोक्सोमा समस्या देखिएपछि उनलाई उपचारका लागि दिल्ली लगिएको थियो ।

ad

उनको शुक्रबार दिल्लीमै अन्त्यष्टी गरिएको छ । विगत २ महिनादेखि उनको स्वाथ्यमा समस्या देखिएको थियो । दिल्लीमा रहेका गुरागाईं साँझ स–परिवार नेपाल फर्किने इपानले जानकारी दिएको छ ।

इपानले शुक्रबार शाेक वक्तव्य निकालेर श्रीनिकाकाे अल्पायुमै भएकाे मृत्युले मर्माहत बनाएकाे भन्दै दुखः व्यक्त गरेकाे छ । शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="