Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरणमा ३१ वर्ष सेवा गरेर विदा भइन शाक्य

भदौ ०४, २०७६   5151

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरणकी उपकार्यकारी निर्देशक शान्तिलक्ष्मी शाक्य सेवाबाट अवकास भएकी छन् । प्राधिकरणमा ३१ वर्षिय कार्यकाल पूरा गरेर उनले बुधबार (भदौ ४ गते) बाट अनिवार्य अवकास पाएकी हुन् ।

२०४५ सालमा ६ तह (सहायक प्रशासन अधिकृत) बाट प्राधिकरणको सेवामा प्रवेश गरेकी शाक्य प्रशासन निर्देशनालयको उपकार्यकारी निर्देशक (१२ तह) को जिम्मेवारीमा थिइन् । उनी प्रशासन निर्देशनालयबाट विदा भएकी छन् ।

ad

प्राधिकरणले विशेष कार्यक्रमको आयोजना गरेर उनको विदाई गरेको छ । कार्यकारी निर्देशक कुलमान घिसिङसहित सबै कर्मचारीले शाक्यको विदाई गरेका गरे ।

प्राधिकरणको प्रशासनिक सेवामा रहेकी उनी बढुवा हुँदै उपकार्यकारी निर्देशक बनेकी थिइन । उपकार्यकारी निर्देशकमा बढुवा हुनुअघि उनी लामो समय निमित्त उपकार्यकारी निर्देशकको जिम्मेवारीमा थिइन् ।

हर्समान श्रेष्ठदेखि कुलमान घिसिङसम्म आइपुग्दा उनले १६ जना कार्यकारी निर्देशकसँग काम गरिन् । भोजपुरमा जन्मिएकी शाक्य प्राधिकरणको माथिल्लो तहसम्म पुग्ने थोरै भाग्यशाली महिला कर्मचारीमा पर्छिन ।

प्रतिक्रिया दिनुहोस