Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०५७ मे.वा. घन्टा
  • भारत : ९३२८ मे.वा. घन्टा
  • ट्रिपिङ : ४०० मे.वा. घन्टा
  • माग : २४२३८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

ग्रीन लाइफ हाइड्रो पावरको १८ लाख कित्ता सेयर आउँदै, बोर्डले दियो स्वीकृति

ऊर्जा खबर पुष १८, २०७५   2126

सेयर



काठमाडौं– ग्रीन लाइन हाइड्रो पावर कम्पनीले स्थानीयका लागि सेयर निष्कासन गर्न स्वीकृति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट दोलखामा निर्माणाधीन ४० मेगावाटको खानीखोला–१ जलविद्युत आयोजनाको स्थानीका लागि छुट्याइएको सेयर निष्कासन गर्न स्वीकृति पाएको हो ।

बोर्डको स्वीकृति अनुसार कम्पनीले आयोजना प्रभावित स्थानीय र दोलखालीका लागि सेयर निष्कासन गरेर बाँडफाँड गर्ने कम्पनीका निर्देशक बटु लामछिानेले बताए । उनका अनुसार बोर्डको स्वीकृतिपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न पठाइएको छ । आवश्यक प्रक्रिया पूरा गरेर अबको डेढदेखि २ साताभित्र सेयर निष्कासन गर्ने कम्पनीको तयारी छ ।

कम्पनीले निष्कासन गर्न लागेको सेयर स्वपुँजी लगानीको १० प्रतिशत हो । स्थानीयको सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि पनि १० प्रतिशत अर्थात १८ लाख कित्ता सेयर निष्कासन गरिनेछ । सेयर निष्कासन गरेर बाँडफाँड गर्न काठमाडौं क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

कम्पनीले दोलखामा निर्माण गरिरहेको आयोजना अन्तिम चरणमा पुगेको छ । ९२ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाबाट चालु वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजना दोलखाको उच्च हिमाली क्षेत्रमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="