Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हिमालय ऊर्जा विकासले चैत्र २० गतेबाट सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने

ऊर्जा खबर चैत १२, २०७५   401

सेयर



काठमाडौं– हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले आगामी चैत्र २० गतेबाट सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले निर्माणधीन १२ मेगावाटको माथिल्लो खिम्ती–१ र ७ मेगावाटको माथिल्लो खिम्ती–२ जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

ad

सय रुपैयाँमा अंकित १४ करोड ८५ रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । निष्कासन हुने सेयरमध्ये ४४ हजार ५ सय ५० कित्ता सेयर कर्मचारीका लागि र ७४ हजार २ सय ५० कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।

आयोजनामा लगानी गर्न इच्छुक लगानीकर्ताले छिटोमा चैत्र २५ गते र ढिलोमा बैशाख १९ गतेसम्म आवेदन दिनु पर्नेछ । सर्वसाधारणले न्युनतम ५० कित्तादेखि अधिकतम ६ हजार ५ सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

ad

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरीसकेको छ । सेयर निष्कासन गरी बाँडफाँड गर्न नविल इन्भेष्टमेन्ट बैकिङलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

कम्पनीले १२ मेगावाटको माथिलो खिम्ती–१ र ७ मेगावाटको माथिल्लो खिम्ती–२ जलविद्युत आयोजना एकसाथ निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="