Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलविद्युतमा साना लगानीकर्ता बढारिँदै, १९ कम्पनीको सेयर सयभन्दा तल

यशाेदा सुनुवार असोज ०६, २०७६   1885

सेयर



काठमाडौं— सरकारले जलविद्युत विकास र यसको आम्दानीलाई आर्थिक विकासको मुख्य आधार माने पनि यस आइपिओ (साधारण सेयर) भन्दा तल झर्न थालेपछि यसप्रति साधारणदेखि ठूला लगानीकर्ता चिन्तित हुन थालेका हुन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ३२ मध्ये १९ कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा तल झरेको छ । यसले जलविद्युत क्षेत्र लगानीयोग्य होइन र सुरक्षित पनि छैन भन्ने पुष्टि गरेको छ । यसले पुँजी बजारलाई समेत आतंकित बनाएको छ ।

ad

जलविद्युत प्रवद्र्धकको बदमासी, कमजोर व्यवस्थापन र न्यून गुणस्तरका उपकरण जडान गर्दा आयोजनाबाट लक्षित परिमाणमा विद्युत उत्पादन हुन नसकेको स्वयं प्रवद्र्धकले नै स्वीकार्न थालेका छन् । यसको असर आम्दानी, प्रतिफल र सेयरमूल्यमा परेको छ ।

साधारण सेयरमा लगानी गरेका सर्वसाधारणले यसबाट ठूलो नोक्सानी नबेहोरे पनि दोस्रो बजारमा कारोबार गर्नेले भने जलविद्युतमा पैसा खन्याएर ठगिएको महसुल गर्न थालेका छन् । साधारण सेयरका लगानीकर्ता समेत प्रतिफल पाउन दशौं वर्ष कुर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ ।

जलविद्युतमा देखिएको विकृतिका कारण आयोजना प्रभावित तथा स्थानीयबासी पनि सेयरमा लगानी गर्नबाट पछि हट्न थालेका छन् । यसको कारण कुनै जलविद्युत कम्पनीको सेयर निष्कासन गर्दा स्थानीयले लगानी नै गर्न छोडेका छन् ।

यसैगरी, सर्वसाधारणका लागि निष्कासन गर्ने सेयर बेच्न पनि प्रवद्र्धकलाई हम्मे पर्ने गरेको छ । आइतबारको कारोबार अनुसार खानी खोला हाइड्रो पावर कम्पनीको सेयर ४९ रुपैयाँमा झरेको छ । दोस्रो बजारमा सेयर मूल्य सस्तो हुँदा लगानीकर्ताले आधाभन्दा बढी लगानी गुमाउनु परेको छ ।

यस्तै, युनियन र नेशनल हाइड्रो पावर कम्पनीको सेयर प्रतिकित्ता ५३ रुपैयाँ छ । यसको आइपिओ किन्नेले प्रतिकित्ता ४७ रुपैयाँ नोक्सान बेहोरेका छन् । जोशी र दिव्यश्वरी हाइड्रो पावर कम्पनीको सेयर पनि ५७ रुपैयाँमा झरेको छ ।

साधारण सेयर किन्नेले त लाखौं गुमाइसके उता दोस्रो बजारमा कारोबार गर्नेको झन् विजोग देखिएको छ । आँखु खोला, अरुण भ्याली, बरुण, छ्याङ्दी, घलेम्दी, कालिका र माउन्टेन हाइड्रो कम्पनीको सेयर मूल्य क्रमशः ५८ रुपैयाँ, ९६ रुपैयाँ, ८९ रुपैयाँ, ८३ रुपैयाँ, ६४ रुपैयाँ, ७७ रुपयाँ र ८१ रुपैयाँमा झरेको छ ।

यसैगरी, नेपाल हाइड्रो डेपलपर्सको ९४, न्यादी पावरको ९९, रीडी हाइड्रोपावरको ८५, सिनर्जी पावरको ७०, युनिभर्सलको ८०, पन्चकन्या माई र पाँचथर पावरको ९२ रुपैयाँमा झरेको छ ।

१३ कम्पनीको सेयर सयभन्दा माथि

नेप्सेमा सूचीकृत जलविद्युत कम्पनी मध्ये १३ कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने सय रुपैयाँभन्दा माथि पुगेको देखिएको छ । जसमा सबैभन्दा बढी चिलिमे हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य ४ सय १९ रुपैयाँ छ ।

अपि पावर, अरुण काबेली, बुटवल पावर, हिमालय ऊर्जा विकास, हिमालयन पावर पार्टनर, राधी विद्युत र रैराङ हाइड्रो पावर कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा माथि छ । यी कम्पनीको क्रमशः १ सय ६६ रुपैयाँ, १ सय ३६ रुपैयाँ, १ सय ६० रुपैयाँ, १ सय १२ रुपैयाँ, १ सय ३० रुपैयाँ, १ सय ३५ रुपैयाँ र १ सय ८ रुपैयाँमा कारोबार भइरहेको छ ।

रसुवागढीको १ सय ५५, सानिमा माईको १ सय ९२, सान्जेन जलविद्युतको १ सय ६६, युनाइटेड मोदीको १ सय ४ र अपर तामाकोशीको २ सय २५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="