Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रसुवागढी र सान्जेनको सेयर दोस्रो बजारमा सूचीकृत

ऊर्जा खबर श्रावण १, २०७६   7448

सेयर



काठमाडौं– रसुवागढी हाइड्रो पावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत हुने भएको छ । सेयर निष्कासन तथा बाँडफाँड भएको झन्डै साढे ३ महिनापछि भोलि (सोमबार) सूचीकृत हुन लागेको हो ।

दुवै कम्पनीको सेयर सूचीकरणमा भोलि साढे तीन बजे सम्झौता हुन लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ । रसुवागढीले सय रुपैयाँ अंकित १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँबराबरको १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता सेयर निष्कासन गरेको थियो ।

ad

यसैगरी, सान्जेनले ५४ करोड ७५ लाख रुपैयाँबराबरको ५४ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । दुवै कम्पनीले रसुवामा १ सय ११ मेगावाटको रसुवागढी र ५७.३ मेगावाट सान्जेन तथा माथिल्लो सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेका छन् ।

दुवै आयोजनाबाट आगामी पुषसम्म विद्युत उत्पादन गर्ने लक्ष्य छ । तर, तोकिएकै समयमा काम सकिने अवस्था देखिएको छैन । भूकम्प, नाकाबन्दी र विभिन्न समयमा हुँदै आएको स्थानीय समस्याले आयोजनाको काम प्रभावित भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="