विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

साताकाे पहिलाे दिन नै सेयर मूल्यमा गिरावट, जलविद्युत समूह १० अंकले घट्यो

ऊर्जा खबर कार्तिक १८, २०७५ 144

काठमाडौं– साताको पहिलो दिन सेयर मूल्यमा गिरावट आएको छ । आइतबार नेप्से १२.८५ अंकले घटेर १२०८.१३ बिन्दुमा झरेको छ ।

आइतबार सबैभन्दा बढी निर्जीवन बिमा समूह ७८.०५ अंकले घट्दा होटल समूहको ५.०४ अंकले बढेको छ । निर्जीवन बिमा समूहको ३४६८.२० कित्ता सेयर खरिद बिक्री हुँदा ३ करोड १२ लाख ९९ हजार १ सय रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, जलविद्युत समूहको १०.५९ अंकले ओरालो लागेको छ । यो समूहको १२९७.६६ कित्ता सेयर खरिद बिक्री हुँदा ३५ लाख ५५ हजार ७ सय ६० रुपैयाँको कारोबार भएको छ । आइतबार १४६ कम्पनीको २४ लाख ७८ हजार ५ सय ३१ कित्ता सेयर ४७ करोड ९२ लाख १ हजार ६ सय ७१ रुपैयाँमा २ हजार ६ सय ४५ पटक किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="