Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हिमाल दोलखा हाइड्रोको सेयर आज बाँडफाँड हुँदै

ऊर्जा खबर भदौ ०५, २०७६   497

सेयर



काठमाडौं– हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर आज (बिहीबार) बाँडफाँड हुने भएको छ । कम्पनीले गत असार २५ गतेदेखि बिक्री खुल्ला गरेको ४.५ मेगावाटको माईखोला र ८ मेगावाटको माईसाना क्यासकेड जलविद्युत आयोजनाको सर्वसाधारणको सेयर बाँडफाँड गर्न लागेको हो ।

बिहीबार ४ बजेदेखि सेयर बाँडफाँड प्रक्रिया सुरु गर्ने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । बिक्री प्रबन्धकका अनुसार आयोजनामा लगानी गर्न इन्छुक लगानीकर्ताले मागेजतिको सेयर पाउने भएका छन् ।

ad

आयोजनामा लगानी गर्न ७४ हजार ४ सय ४० सर्वसाधारणको ३३ करोड १८ लाख ६३ हजार रुपैयाँ बराबरको ३३ लाख १८ हजार ६ सय ३० कित्ता सेयरका लागि आवेदन परेको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँमा अंकित ७६ करोड ७२ लाख रुपैयाँ बराबरको ७६ लाख ७२ हजार कित्ता सेयर निष्कासन गरेको थियो । निष्कासित सेयरमध्ये १ लाख ५३ हजार कित्ता कर्मचारीका लागि र २५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ७४ लाख ९३ हजार कित्ता सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले अहिले इलाममा ४.५ र ८ मेगावाटको माईसाना क्यासकेड जलविद्युत आयोजना निर्माण गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="