Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६५१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९६३२ मे.वा. घन्टा
  • भारत : ५६४७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २५९३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हिमाल दोलखाले स्थानीयका लागि सेयर निष्कासन गर्ने

ऊर्जा खबर जेठ ०६, २०७६   406

सेयर



काठमाडाैं– हिमाल दोलखा हाइड्रो पावर कम्पनीले आगामी जेठ १४ गतेदेखि स्थानीयका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले निर्माणधीन ४.५ मेगावाटको माईखोला र ८ मेगावाटको माई साना क्यासकेड जलविद्युत आयेजनाको स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

स्थानीयका लागि १६ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सय रुपैयाँमा अंकित १६ लाख रुपैयाँ मूल्यको सेयर निष्कासन गरिनेछ ।

आयोजनामा लगानी गर्न इच्छुक लगानीकर्ताले छिटोमा जेठ २८ गतेसम्म र ढिलोमा असार १३ गतेसम्म आवेदन दिनुपर्नेछ । स्थानीयले न्युननतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।

स्थानीयले इलाममा शाखा रहेका सिद्धार्थ, नेपाल एसबिआई, माछापुच्छ्रे बैंकको शाखा कार्यालय, लक्ष्मी बैंक, एभरेष्ट बैंक, सेञ्चुरी बैंक, ग्लोबल आईएमई र इलाम नगरपालिका वडा नम्बर ९, १० बाट आवेदन दिनु पर्नेछ ।

कम्पनीले स्थानीयको सेयर निष्कासन गरी बाँडफाँड पूरा गरेपछि सर्वसाधारणका लागि छुट्याएको ६२ करोड मूल्यको ६२ लाख कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमइ र क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेकाे छ ।

कम्पनीले अहिले इलाममा ४.५ मेगावाटको माईखोला र ८ मेगावाटको माई साना क्यासकेड एकसाथ निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="