Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हिमाल दोलखा हाइड्रोको सेयर आवेदन खुल्यो

ऊर्जा खबर जेठ १४, २०७६   887

सेयर



काठमाडौं– हिमाल दोलखा हाइड्रो पावर कम्पनीले स्थानीयका लागि सेयर आवेदन खुल्ला गरेको छ । कम्पनीले इलाममा निर्माणधीन ४.५ मेगावाटको माईखोला र ८ मेगावाटको माईसाना क्यासकेड जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याएको सेयर आवेदन आज (मंगलबार) बाट खुल्ला गरेको हो ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँमा अंकित १६ करोड रुपैयाँ मूल्य बराबरको १६ लाख कित्ता सेयर निष्कासन गरेको छ ।

लगानीकर्ताले छिटोमा जेठ २८ गतेसम्म र ढिलोमा असार १३ गतेसम्म आवेदन दिनुपर्नेछ । स्थानीयले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।

स्थानीयले इलाममा शाखा रहेका सिद्धार्थ, नेपाल एसबिआई, माछापुच्छ्रे बैंकको शाखा कार्यालय, लक्ष्मी बैंक, एभरेष्ट बैंक, सेञ्चुरी बैंक, ग्लोबल आईएमई र इलाम नगरपालिका वडा नम्बर ९, १० बाट आवेदन दिनु पर्नेछ ।

कम्पनीले स्थानीयको सेयर निष्कासन गरी बाँडफाँड पूरा गरेपछि सर्वसाधारणका लागि छुट्याएको ६२ करोड रुपैयाँ मूल्यको ६२ लाख कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

कम्पनीले अहिले इलाममा ४.५ मेगावाटको माईखोला र ८ मेगावाटको माई साना क्यासकेड एकसाथ निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="