Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रसुवागढी र सान्जेनले बैशाख ६ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने

ऊर्जा खबर चैत २६, २०७५   1459

सेयर



काठमाडौं– रसुवागढी हाइड्रो पावर र सान्जेन जलविद्युत कम्पनीले आगामी बैशाख ६ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएका छन् । सर्वसाधारणका लागि छुट्याइएको सेयर ‘जनताको जलविद्युत कार्यक्रम’ मा समेटिएर निष्कासन हुन लागेको हो ।

ad

रसुवागढीले निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको सय रुपैयाँमा अंकित १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता सेयर निष्कासन गर्नेछ । निष्कासन हुने सेयर मध्ये ४ लाख १० हजार ५ सय २६ कित्ता कर्मचारीका लागि र ५ लाख १३ हजार १ सय ५७ कित्ता सामुहिक लगानी कोषका लागि हुट्याइएको छ । बाँकी ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

यसैगरी, सान्जेनले रसुवामा निर्माणाधीन सान्जेन र माथिल्लो सान्जेन (५७ मेगावाट) आयोजनाको ५४ करोड ७५ लाख रुपैयाँ मूल्यको ५४ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । निष्कासन हुने सेयर मध्ये २ लाख ७३ हजार ७ सय ५० कित्ता सामुहिक लगानीकर्ताका लागि र २ लाख १९ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी, ४८ लाख ८२ हजार २ सय ५० कित्ता सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

ad

लगानी गर्न इच्छुक लगानीकर्ताले छिटोमा बैशाख १० गतेसम्म र ढिलोमा चैत्र ५ गतेसम्म आवेदन दिनुपर्नेछ । सर्वसाधारणले रसुवागढीको सेयर न्युनतम ५० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म र सान्जेनको न्युनतम ५० कित्तादेखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

रसुवागढीले सेयर निष्कासन गरी बाँडफाँड गर्न बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल र सह–बिक्री प्रबन्धकमा एनआइबीएल एसीइ, ग्लोबल आइएमइ र सनराइज क्यापिटललाई तोकेको छ । यसैगरी, सान्जेनले बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह–बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबी क्यापिटलाई चयन गरेको छ ।

साधारण सेयर निष्कासन गरी बाँडफाँड गरेपछि रसुवागढीले स्थानीयका लागि छुट्याइएकोे ६८ लाख ४२ हजार १ सय कित्ता सेयर निष्कासन गर्नेछ । सान्जेनले पनि स्थानीयका लागि ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ ।

दोस्रो चणरणमा आयोजना प्रभावित स्थानीयको सेयर निष्कासन गर्ने तय भए पनि जिल्ला समन्वय समिति रसुवाले सम्बन्धित सरोकारवालासँगको छलफलपछि अवधि सार्न आग्रह गरेपछि दुवै कम्पनीले स्थानीयभन्दा अघि साधारण सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएका थिए । गत असार २२ गते बोर्डमा आवेदन दर्ता भएको थियो ।

२०७२ को विनासकारी भूकम्पले क्षति पुर्याएको घर पुनर्निर्माण गर्नु परेकाले तत्काल सेयर खरिद गर्न नसक्ने जनाएपछि स्थानीयले पाउने सेयर तेस्रो चरणमा निष्कासन हुनेछ ।

दुवै कम्पनीले यसअघि कर्मचारी संचय कोषमा रकम जम्मा गर्ने संचयकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारीका लागि छुट्याइएको सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="