Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रसुवागढी र सान्जेनको सेयर भर्न दुई लाखले आवेदन दिए, आधाभन्दा बढी बिक्याे

ऊर्जा खबर बैशाख ०८, २०७६   2632

सेयर



काठमाडौं– रसुवागढी हाइड्रो पावर र सान्जेन जलविद्युत कम्पनीको सेयर भर्न सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ । कम्पनीले रसुवामा निर्माणाधीन ३ जलविद्युत आयोजनामा लगानी गर्न सर्वसाधारण उत्साहित भएका हुन् । सरकारको  ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत सेयर निष्कासन गरिएको हो ।

आइतबार मध्यान्हसम्म रसुवागढीले निर्माण गरेको १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा लगानी गर्न करिब १ लाख सर्वसाधारणको ५० लाख ८ हजार ४ सय कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल जनाएको छ । यसैगरी, सान्जेनको निर्माणाधीन ४२.२ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनामा लगानी गर्न साँझ ५ बजेसम्म ९२ हजार २ सय ४३ सर्वसाधारणले ३५ लाख कित्ताका लागि आवेदन दिएका छन् ।

रसुवागढीले सय रुपैयाँमा १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता सेयर निष्कासन गरेको छ । निष्कासन भएको सेयरमध्ये ४ लाख १० हजार ५ सय २६ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि र ५ लाख १३ हजार १ सय ५७ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता खरिद गर्न सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

यसैगरी, सान्जेनले ५४ करोड ७५ लाख रुपैयाँ मूल्यको ५४ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको छ । निष्कासन भएको सेयरमध्ये २ लाख ७३ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषका लागि र २ लाख १९ हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको छ ।  बाँकी, ४८ लाख ८२ हजार २ सय ५० कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको छ ।

दुवै आयोजनामा लगानी गर्न इच्छुक लगानीकर्ताले छिटोमा बैशाख १० गते तथा  ढिलोमा जेठ ५ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सर्वसाधारणले दुवै कम्पनीको सेयर भर्न न्युनतम १० कित्तादेखि आवेदन दिन पाउनेछन् । रसुवागढीको अधिकतम ५ हजार र सान्जेनको २ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

जनताको जलविद्युत कार्यक्रममा समावेश गरिएका दुवै कम्पनीका आयोजनाको भौतिक प्रगति ७० प्रतिशत नाघिसकेकाले प्रतिकित्ता सेयरको सतप्रतिशत रकम लिने गरी आवेदन लिइनेछ । दोस्रो चरणको साधारण सेयर निष्कासन गरी बाँडफाँड गरेपछि रसुवागढीले स्थानीयका लागि छुट्याइएको ६८ लाख ४२ हजार १ सय कित्ता सेयर निष्कासन गर्नेछ । सान्जेनले पनि स्थानीयका लागि ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ ।

रसुवागढीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सह–बिक्री प्रबन्धकमा एनआइबीएल एसीइ, ग्लोबल आइएमइ र सनराइज क्यापिटललाई तोकेको छ । यसैगरी, सान्जेनले बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह–बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबी क्यापिटलाई चयन गरेको छ ।

दोस्रो चणरणमा आयोजना प्रभावित स्थानीयको सेयर निष्कासन गर्ने तय भए पनि जिल्ला समन्वय समिति रसुवाले सम्बन्धित सरोकारवालाको सहमति अनुसार दुवै कम्पनीले स्थानीयभन्दा अघि साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र  बोर्डमा आवेदन दिएका थिए ।

दुवै कम्पनीले यसअघि कर्मचारी संचय कोषमा रकम जम्मा गर्ने संचयकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारीका लागि छुट्याइएको सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="