Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७७६ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०७७१ मे.वा. घन्टा
  • भारत : २५०२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०४९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

शिवश्री हाइड्रोले असोज १६ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने

ऊर्जा खबर असोज ०८, २०७६   337

सेयर



काठमाडौं— शिवश्री हाइड्रोपावर कम्पनीले आगामी असोज १६ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन २२.२ मेगावाटको उपर चाकु ‘ए’ जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्ने तयारी गरेको हो ।

सय रुपैयाँमा अंकित ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको ३३ लाख ५१ हजार १ सय ४० कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीले  आयोजना आयोजना प्रभावित स्थानीयमा बिक्री नभएको सेयर समेत थप गरी निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि १४ लाख ७६ हजार ४ सय कित्ता सेयर गरेको थियो ।

ad

आयोजनामा लगानी गर्न इन्छुक लागानीकर्ताले छिटोमा असोज २४ र ढिलोमा असोज १५ गतेसम्म आवेदन दिन पाउनेछन् । सर्वसाधारणले न्युनतम १० देखि अधिकतम १० लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरीसकेको छ । सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीले अहिले सिन्धुपाल्चोकमा माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना निर्माण गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="