Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

साधारण सेयर निष्कासन गर्न तेह्रथुम पावरलाई इक्राले दियो ‘फाेर प्लस’ रेटिङ

ऊर्जा खबर भदौ २०, २०७६   562

सेयर



काठमाडौं- इक्रा नेपालले तेह्रथुम पावर कम्पनी लिमिटेडलाई साधारण सेयर निष्कासन गर्न  ४ प्लस (३.५) रेटिङ दिएकाे छ । तेह्रथुममा निर्माणाधीन माथिल्लाे खाेरुङ्गा खाेला जलविद्युत आयोजनाकाे  साधारण सेयर निष्कासन गर्न रेटिङ दिएकाे हाे ।

सेयर निष्कासन गर्न पाएकाे रेटिङ निर्माणाधीन जलविद्युत आयोजनाकाे हकमा राम्राे भएकाे कम्पनीका कार्यकारी निर्देशक मोहनकुमार डाँगीले बताए । उनका अनुसार रेटिङ आएपछि आगामी साेमबार नेपाल धिताे पत्र बाेर्डमा स्वीकृतिका लागि आवेदन दिने तयारी कम्पनीले गरेकाे छ । विद्युत नियमन आयाेगकाे स्वीकृतिका लागि पनि आवेदन दिइसकेकाे उनले बताए ।

ad

कम्पनीले तेह्रथुममा निर्माणाधीन ७ मेगावाटको माथिल्लो खोरुङगा खोला जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारण्का लागि छुट्याएको १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेकाे छ ।

निष्कासन हुने सेयरमध्ये स्वपुँजी लगानीको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ । बाँकी ८ करोड मूल्यको ८ लाख कित्ता अर्थात २० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरिने छ । सेयर निष्कासन तथा बाँडफाँड गर्न कम्पनीले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

साधारण सेयर बिक्रीबाट अहिले २८ करोड रहेको कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ । कम्पनीले निर्माण गरिरहेको आयोजना अन्तिम चरणमा पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणसगँ विद्युत खरिद सम्झौता अनुसार २०७६ पुुस १ गतेबाट विद्युत उत्पादन गर्ने तालिका भएपनि २ महिना अगाढी नै विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट आगामी कात्तिक १ गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="