Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हिमालय ऊर्जाको सेयर भोलि बाँडफाँड हुँदै, सबैलाई २० कित्ता पर्ने सम्भावना

ऊर्जा खबर बैशाख ०२, २०७६   365

सेयर



काठमाडौं– हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडकाे सेयर भोली (मंगलबार) बाँडफाँड हुने भएको छ । रामेछाप र दोलखाको सीमानामा निर्माणधीन १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको अपर खिम्ती–२ जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गर्न लागिएको हो ।

आयोजनामा लगानी गर्न ७२ हजार सर्वसाधारणले ५१ लाख ३७ हजार ५ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । यो कुल माग सेयरको तुलनामा करिब ४ गुणा बढी हो । कम्पनीले गत चैत्र २० गतेबाट खुल्ला गरेको सेयर आवेदन चैत्र २५ गते बन्द गरेको थियो ।

कूल १४ लाख ८५ हजार कित्ता साधारण सेयरमध्ये कर्मचारीलाई ३ प्रतिशत र सामुहिक लगानी कोषलाई ५ प्रतिशत बाँडफाँड गरिएको छ । बाँकी १३ लाख ६६ हजार २ सय कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

कम्पनीले रामेछाप र दोलखाको सीमामा बग्ने खिम्ती खोलामा निर्माण गरेको १९ मेगावाटको  दुई आयोजना सम्पन्न गर्न ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको प्रतिमेगावाट लागत करिब १६ करोड ५६ लाख रुपैयाँ अनुमान गरिएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरीसकेको छ । आयोजनाबाट २०७६ असारमा विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="