Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

युनियन हाइड्रोको सेयर भर्न साढे ३० करोड मूल्यको आवेदन

ऊर्जा खबर चैत २५, २०७५   359

सेयर



काठमाडौं– युनियन हाइड्रोपावर कम्पनीको सेयर भर्न सर्वसाधारणको ३० करोड ४२ लाख २७ हजार मूल्यको आवेदन परेको छ । कम्पनीले लमजुङमा सञ्चालित ३.३ मेगावाटको मिदिम खोला (करापु) जलविद्युत केन्द्रमा लगानी गर्न सर्वसाधारणको आवेदन परेको हो ।

ad

गत चैत्र १३ गतेबाट खुल्ला गरिएको सेयर आवेदन भर्न सोमबार साँझ ४ बजेसम्म ३८ हजार १ सय ४२ सर्वसाधारणको ३० लाख ४२ हजार २ सय ७० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

छिटोमा आइतबार (१७ गते) सम्मको समय तोकिए पनि सबै सेयरका लागि आवेदन परिनसकेकाले अवधि थप गरिएको छ । मागेभन्दा बढी आवेदन पर्ने लगतै सुचना निकालेर सेयर निष्कासन बन्द गरिने कम्पनीले जनाएको छ ।

ad

कम्पनीले प्रतिकित्ता सय रुपैयाँमा अंकित ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ मूल्यको ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्कासन गरेको थियो । निष्कासित सेयरमध्ये ७० हजार ६ सय ८६ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ३४ लाख ६३ हजार ६ सय ५४ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

सर्वसाधरणले न्यूनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । सर्वसाधारणले बैशाख १२ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेको छ ।

कम्पनीले लमजुङमा निर्माण गरेको मिदिमले २०७४ माघ १५ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="