Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

युनियन हाइड्रोको सेयर भर्न ४२ हजारले दिए आवेदन, डेढ लाख कित्ता बाँकी

ऊर्जा खबर बैशाख ०९, २०७६   464

सेयर



काठमाडौं– युनियन हाइड्रो पावर कम्पनीको सेयर भर्न ४२ हजार ८ सय ९३ सर्वसाधारणको आवेदन परेको छ । लमजङुमा सञ्चालित ३.३ मेगावाटको मिदिम खोला (करापु) जलविद्युत केन्द्रमा लगानी गर्न सर्वसाधारणको आवेदन परेको हो ।

सोमबार बिहानसम्म सर्वसाधारणकाे ३३ करोड ९० लाख ८७ हजार रुपैयाँ बराबरको ३३ लाख ९० हजार ८ सय ७० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धकलक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । बिक्री प्रबन्धकका अनुसार अब १ लाख ४३ हजार ४ सय ७० कित्ता सेयर बाँकी छ ।

छिटोमा आइतबार (१७ गते) सम्मको समय तोकिए पनि सबै सेयरका लागि आवेदन परिनसकेकाले अवधि थप गरिएको छ । मागेभन्दा बढी आवेदन पर्ने लगतै सुचना निकालेर सेयर निष्कासन बन्द गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले गत चैत्र १३ गतेबाट प्रतिकित्ता सय रुपैयाँमा अंकित ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ मूल्यको ३५ लाख ३४ हजार ३ सय ४० कित्ता सेयर निष्कासन गरेको थियो । निष्कासित सेयरमध्ये ७० हजार ६ सय ८६ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ३४ लाख ६३ हजार ६ सय ५४ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

सर्वसाधारणले न्यूनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । सर्वसाधारणले बैशाख १२ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेको छ ।

कम्पनीले लमजुङमा निर्माण गरेको मिदिमले २०७४ माघ १५ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="