Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८९७० मे.वा. घन्टा
  • निजी क्षेत्र : ६८१७ मे.वा. घन्टा
  • भारत : ९००२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४७८९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

युनियन हाइड्रोको सेयर बिक्री हुन ४ लाख कित्ता बाँकी

ऊर्जा खबर चैत २८, २०७५   416

सेयर



काठमाडौं– युनियन हाइड्रो पावर कम्पनीको सेयर बिक्री हुन ३ लाख ९५ हजार ३ सय १० कित्ता बाँकी छ । गत चैत्र १३ गतेबाट सर्वसाधारणका लागि खुल्ला गरिएको सेयर अावेदन  बिक्री सकिन लागेको हो ।

बिहीबार मध्यान्ह्सम्ममा लमजुङमा सञ्चालित ३.३ मेगावाटको मिदिम खोला (करापु) जलविद्युत केन्द्रमा लगानी गर्न ३९ हजार ४ सय ४७ सर्वसाधारणकाे ३१ करोड ३९ लाख ३ हजार रुपैयाँ बराबरको ३१ लाख ३९ हजार ३० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

छिटोमा आइतबार (१७ गते) सम्मको समय तोकिए पनि सबै सेयरका लागि आवेदन परिनसकेकाले अवधि थप गरिएको छ । मागेभन्दा बढी आवेदन पर्ने लगतै सुचना निकालेर सेयर निष्कासन बन्द गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँमा अंकित ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ मूल्यको ३५ लाख ३४ हजार ३ सय ४० कित्ता सेयर निष्कासन गरेको थियो । निष्कासित सेयरमध्ये ७० हजार ६ सय ८६ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ३४ लाख ६३ हजार ६ सय ५४ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

सर्वसाधारणले न्यूनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । सर्वसाधारणले बैशाख १२ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेको छ । कम्पनीले लमजुङमा निर्माण गरेको मिदिमले २०७४ माघ १५ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="