Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

युनाइटेड इदी मर्दी एण्ड आर बी हाइड्रोपावरले साढे १० लाख कित्ता सेयर निष्कासन गर्दै

ऊर्जा खबर भदौ ०८, २०७६   432

सेयर



काठमाडौं– युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीले साढे १० लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कास्कीमा निर्माणाधीन ७ मेगावाटको माथिल्लो मर्दी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितो पत्र बोर्डमा गत साउन १४ गते आवेदन दिएको थियो । बोर्डबाट स्वीकृत प्राप्त भएलगतै कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्नेछ ।

ad

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले निर्माण गरेको आयोजना अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस