body1

विद्युत आपूर्ति

  • प्राधिकरण :४३५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०६१ मे.वा. घन्टा
  • भारत : ११९३९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०३५३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

शिवश्री हाइड्रोले पुस २७ गतेबाट स्थानीय सेयर बिक्री खुलाउने

ऊर्जा खबर पुष १८, २०७५   2131

सेयर



काठमाडौं– शिवश्री हाइड्रो पावर लिमिटेडले आगामी पुस २७ गतेबाट स्थानीय सेयर बिक्री खुलाउने भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाप्रभावित स्थानीका लागि छुट्याइएको सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागेको हो । निष्कासन हुने सेयर स्वपुँजी लगानीको १० प्रतिशत हो ।

ad

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र सिन्धुपाल्चोकबासीका लागि प्रतिकित्ता एक सय रुपैयाँमा १४ करोड ७६ लाख ४० हजार मूल्यको १४ लाख ७६हजार ४ सय कित्ता सेयर बाँडफाँड हुने कम्पनीका अध्यक्ष उमेश कसजुले बताए । उनका अनुसार न्युनतम ५० देखि अधिकतम ७ हजार ८ सय ३० कित्तासम्मका लागि स्थानीयले आवेदन दिन पाउने छन् ।

स्थानीय लगानीकर्ताले अागामी माघ ११ गतेसम्म जिल्लामा ताेकिएका बैंक तथा वित्तीय संस्थामार्फत सेयर अावदेन दिनु पर्नेछ । सेयर निष्कासन गरेर बाँडफाँड गर्न नेपाल धितोपत्र बोर्डले गत पुस १० गते कम्पनीलाई स्वीकृति दिएको थियो । कम्पनीको सेयर निष्कासन गरेर बाँडफाँड गर्ने जिम्मेवारी सिद्धार्थ क्यापिटललाई दिइएको छ ।

दोस्रो चरणमा सर्वसाधारणका लागि आयोजनाको सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ ।
सिन्धुपाल्चोकमा कम्पनीले निर्माण गरिरहेको आयोजना ९७ प्रतिशत पूरा भएको छ । आयोजनाबाट आगामी माघदेखि विद्युत उत्पादन गर्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7
data-href="