Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अब साना जलविद्युत आयोजना निर्माण गर्नु ‘सुसाइड नोट’ लेख्नु जस्तै

ऊर्जा खबर भदौ २५, २०७६   2306

जलविद्युत



काठमाडौं – सञ्चालन खर्चसमेत धान्न नसकेर रुग्ण अवस्थामा पुगेका जलविद्युत आयोजनाका प्रवर्द्धकहरूले अब यसरी काम गर्न नसकिने तर्क गरेका छन् । बढी जोखिम, कम प्रतिफल र सरकारी असहयोगका कारण साना आयोजना निर्माण गर्नु ‘सुसाइड नोट’ लेख्नु जस्तै रहेको उनीहरूको धारणा छ ।

रुग्ण अवस्थाका २५ आयोजना सरकारले लिलाम वा उद्दार गरिदिनुपर्ने भनिरहेका प्रवर्द्धकहरू पछिल्लो समय सानामा काम गर्नै नहुने निचोडमा पुगेका छन् । प्राविधिक विधिका आधारमा खोलाको पानी (हाइड्रोलोजी) नाप्ने गरे पनि समयान्तरमा यसको मारमा प्रवर्द्धकमात्र पर्ने गरेको रुग्ण जलविद्युत आयोजना समन्वय समितिका संयोजक सूर्यप्रसाद अधिकारीले बताए ।

ad

‘एउटा विधिमा पानी नापियो । तर, वास्तविकता अर्कै आयो वा पानीको परिमाण कम देखियो,’ उनले ऊर्जा खबरसँग भने, ‘यसैले अब साना आयोजनामा प्रवर्द्धकको आकर्षक पूरै घटेको छ । साना आयोजना बनाउनु भनेको ‘सुसाइड नोट’ लेख्नुबराबर हो । किनकि यस्ताबाट आफ्नो लगानी फिर्ता गर्नै सकिँदैन ।’

अब प्रवर्द्धकहरूको ध्यान पर्याप्तमात्रामा पानीको अध्ययन भएको वा जहाँ ३० देखि ५० वर्ष पानी नापेका तथ्यांक पाइने क्षेत्रमा तानिएको पनि उनले बताए । ‘साना खोलामा आयोजना बनाउने हो भने कम्तीमा ५ वर्ष निरन्तर पानीको बहाब नापेको तथ्यांक हुनुपर्यो,’ उनले थपे, ‘यस्तो काम निजी क्षेत्रले गर्न सक्दैन । इच्छा नै गर्दैन ।’

उनका अनुसार एक वा दुई वर्षमा अध्ययन सक्नुपर्ने हुँदा प्रवर्द्धकले रेडिमेड डाटा खोज्छ । यसपछि अरु काम गर्नुपर्ने हुन्छ । यसैले अध्ययनकै लागि भनेर निजी प्रवर्द्धकले ५ वर्ष कुर्न सक्दैन । यसको अर्थ साना आयोजना निर्माण गर्नुको अर्थ नरहेको उनको विश्लेषण छ ।

आफ्ना माग तत्काल पूरा गरिदिन पनि यस्ता आयोजनाका प्रवर्द्धकले सरकारलाई दबाब दिएका छन् । उनीहरूले भदौ २० गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई भेटी १५ दिनभित्र समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।

याे पनि पढ्नुहाेस्

रुग्ण आयोजना प्रवर्द्धकको चेतावनी, ‘१५ दिनभित्र समस्या सुनुवाई नभए कडा आन्दोलन’

प्रतिक्रिया दिनुहोस