Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४०७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९०७ मे.वा. घन्टा
  • भारत : ५४१९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१७३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रुग्ण २० जलविद्युत आयोजना, अपारदर्शी व्यवस्थापन र कमसल टर्बाइनले डुबायो

ऊर्जा खबर भदौ १२, २०७६   6407

खोज



काठमाडौं– सञ्चालन खर्च पनि धान्न नसकेर अति रुग्ण अवस्थामा पुगेका २० जलविद्युत आयोजना धराशायी हुनुमा तत्तत् कम्पनी र व्यवस्थापन नै जिम्मेवार रहेको पाइएको छ । आर्थिक अपारदर्शिता, कमजोर व्यवस्थापन तथा सस्ता उपकरण प्रयोगले आयोजनाहरू डुब्दै गएको देखिएको हो ।

कतिपय आयोजना निर्माण पूरा गरेर सञ्चालनमा आएको एक वर्षमै रुग्ण भइसकेको पत्ता लागेको छ । यस्ता आयोजना सञ्चालनको १४ वर्षसम्म निरन्तर घाटामा छन् । ऊर्जा खबरले गरेको खोजअनुसार आयोजना रुग्ण हुनुमा अपारदर्शी व्यवस्थापन र कमसल तथा सस्ता टर्बाइन प्रयोग मुख्य कारक रहेको भेटिएको छ ।

ad

रुग्ण अवस्थाका आयोजना उकासिदिन वा सरकारले नै लिलाम गरिदिन प्रवर्द्धकहरूले आग्रह गर्दै आएका छन् । चर्को बैंक ब्याज, घोषित सरकारी सुविधा नपाउनु, प्रसारण लाइन अभाव लगायत कारणले आयोजनाहरू रुग्ण भएको ‘रुग्ण जलविद्युत आयोजना समन्वय समिति’को दाबी छ । निजी क्षेत्रलाई उपेक्षा गरेकाले पनि आयोजना टाट पल्टेको उसको तर्क छ ।

कतिपय अवस्थामा समितिको दाबी उचित पनि देखिन्छ । निरन्तर बढिरहने बैंक ब्याज, सरकारले घोषणा गरेर पनि नदिएका सुविधा तथा स्वदेशीको तुलनामा विदेशी लगानी भएका आयोजनालाई बढी प्राथमिकता दिँदा पनि समस्या देखिएको छ । तर, निर्माणको सुरुमै ‘रातारात कमाऊँ’ भन्ने नियत राख्ने प्रवर्द्धकका बदमासीले आयोजना रुग्ण हुँदै गएको निजी क्षेत्रले नै स्वीकारेको छ ।

उल्लेखित रुग्ण अधिकांश आयोजनाले कमसल, कम कार्यक्षमता र कमजोर प्रभावकारी सस्ता चिनियाँ तथा अष्ट्रियन–भारतीय टर्बाइन प्रयोग गरेका छन् । ती टर्बाइन जडान गरेर सञ्चालन गरेको पहिलो वर्षदेखि बिग्रेर प्रवर्द्धकहरू डुबेको भेटिएकाे छ । राम्रो हाइड्रोलोजी (पानीको बहाब) वा हिमनदीमा निर्माण भएका आयोजना समेत रुग्ण हुनुमा कमसल उपकरण र व्यवस्थापन नै जिम्मेवार देखिन्छ ।

यद्यपि, खानी खोला हाइड्रो पावर कम्पनीले निर्माण गरेको टुंगुन–ठोस्ने (४.३६ मेगावाट) र खानी खोला (२ मेगावाट) भने कमजोर हाइड्रोलोजी, कमसल टर्बाइन र व्यवस्थापनका कारण रुग्ण बनेका होइनन् । यसमा नेपाल विद्युत प्राधिकरण र प्रसारण लाइन निर्माणकर्ता ठेकेदारको लापरबाहीले लामो समयसम्म दुवै आयोजनाको बिजुली प्रणालीमा आउन सकेको छैन । आयाेजनाले अहिलेसम्म करेडाैं रुपैयाँ नेक्सान बेहेरिसकेकाे छ ।

अब प्रवर्द्धकहरूले विगतको गल्ती सच्याएर अगाडि बढ्नुपर्ने देखिन्छ । निर्माणको सुरुमै अपनाउनुपर्ने सावधानी, उपकरण प्रयोग, व्यवस्थापन लगायत पक्ष सच्चिएन भने निजी प्रवर्द्धकको भविष्य त्यति राम्रो नरहेको यस क्षेत्रका जानकारहरू बताउँछन् । तैपनि, रुग्ण भइसकेका आयोजना अप्रत्यक्षरूपमा राज्यकै भएकाले यिनको उद्दार गर्नु सरकारको दायित्व हुन्छ ।

समितिले राखेका जायज माग शसर्त सम्बोधन गर्नुपर्ने देखिन्छ । जबकि भविष्यमा उनीहरूबाट हुने गल्ती दोहोरिनु भएन । आयोजना रुग्ण हुँदा निर्माणक्रममा कमाउनेले कमाइसक्छन् । पछि थपिने लगानीकर्ता, सर्वसाधारण तथा बैंकका निक्षेपकर्ता मारमा पर्छन् । यसले सिंगो अर्थतन्त्रमै ठूलो धक्का पुग्नेछ ।

प्रवर्द्धकले पुरानो कार्यशैली परिवर्तन गरेर आयोजना पुनर्निर्माण गर्न सक्छन् । यसक्रममा रुग्ण आयोजना गुणस्तरीय तथा उच्च कार्यक्षमतायुक्त र प्रभावकारी टर्बाइनले पुनस्र्थापना गर्न सकिने सम्भावना छ । यसो गर्दा आयोजनाको आर्थिक अवस्था सुधार हुने प्रशस्ता सम्भावना पनि छन् ।

रुग्ण प्रवर्द्धक, नयाँ निर्माणकर्ता र निर्माणमा जाने आयोजनामा सुरुदेखि नै हाइड्रोलोजीको प्रभावकारी अध्ययनलाई पहिलो प्राथमिकता दिनुपर्छ । योसँगै आर्थिक पारदर्शिता, कुशल व्यवस्थापन र उपकरण प्रयोगलाई त्यतिकै महत्त्व दिँदा आयोजना निर्माणपछि पछुताउनुपर्ने अवस्था आउँदैन ।

रुग्ण आयाेजनाकाे हाइड्राेलाेजी तथा तिनकाे विवरण सूची

Sick project and hydrology their machines

याे पनि पढ्नुहाेस् (सम्बन्धित समाचारहरू)

खर्च अभावले २० जलविद्युत आयोजना डुब्दै, लिलाम गरिदिन सरकारसँग आग्रह

रुग्ण आयोजना १३ बुँदे माग राखेर आन्दोलनमा, सरकारले बेवास्ता गरेको गुनासो

बुद्धि लगाउनुस्, जलविद्युतमा फाइदै फाइदा

निजी क्षेत्रले ऊर्जा उत्पादन पुर्याएनन्, ३३ आयोजनाले २१ करोड जरिवाना तिरे

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="